समाचार

पैसा नतिरेपछि विद्युत लाइन काट्दा विद्युत प्राधिकरणका दुई कर्मचारी कुटिए

२०८१ साउन १९ गते १८:१६

संखुवासभा, १९ साउन– नेपाल विद्युत् प्राधिकरण कार्यालय सङ्खुवासभाको शाखा कार्यालय मादीका इञ्चार्जसहित दुईजना कर्मचारीमाथि कुटपिट भएको छ । विद्युत् महसुल नतिरेपछि लाइन काटेको जनाउँदै लाइन जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट भएको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले जानकारी दिए । उनका अनुसार इञ्चार्ज राजकुमार राई...

आफैंलाई गोली हानेर सैनिक जवानद्वारा आत्महत्या

२०८१ साउन १९ गते १८:१३

नवलपरासी, १९ साउन– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा कार्यरत नेपाली सेनाका एक जवानको आफैँले चलाएको गोली लागेर मृत्यु भएको छ। कावासोती नगरपालिका–७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारको मृत्यु भएको...

थापाथलीमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

२०८१ साउन १९ गते १८:१०

काठमाण्डु, १९ साउन– काठमाण्डु महानगरपालिका–११ थापाथलीमा शनिबार भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । माइतीघरबाट थापाथलीतर्फ जाँदै गरेको बा२८प४८६७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको मधेस प्रदेश००३–००१क २५१९ नम्बरको पानी बोक्ने ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार ६२ वर्षीय सरस्वती तुलाधरको मृत्यु भएको हो ।...

सबै दललाई साथ लिएर संविधान संशोधन हुन्छ: योगेश भट्टराई

२०८१ साउन १९ गते १६:१२

काठमाण्डु, १९ साउन– एमाले सचिव एवं संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले कांग्रेस–एमाले सबै राजनीतिक दलहरुलाई साथमा लिएर संविधान संशोधन गर्ने पक्षमा रहेको बताएका छन । आज (शनिबार) ताप्लेजुङ सरोकार केन्द्रले काठमाण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सचिव भट्टराईले यस्तो बताएका छन । सचिव भट्टराईले...

यो बिचौलियाले बनाएको सरकार हो भन्ने घटनाक्रमले पुष्टि गरेको छः वर्षमान

२०८१ साउन १९ गते १५:५२

काठमाण्डु, १९ साउन– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले काँग्रेस र एमालेलाई बिचौलिया र दलाल पुँजीपति वर्गले मिलाइदिएको बताएका छन् । पार्टी सम्बद्ध दोरम्बा शैलुङ गाउँपालिका– काठमाडौँ समन्वय समितिद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै पुनले प्रचण्ड नेतृत्वको सरकारले सुशासन कायम गर्न...

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

२०८१ साउन १९ गते १२:५२

सुनहरी-१९ साउन-पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपलिका–६ मा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९२९४ नम्बरको ट्रकले ठक्कर दिँदा भोजपुरको षडानन्द नगरपालिका–१४ का ४२ वर्षीय रामचन्द्र श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी...

शिकार खेल्न जाँदा गोली लागेर मृत्यु, दुईजना पक्राउ

२०८१ साउन १९ गते १२:४६

डोटी, १९ साोउन- डोटीमा जंगली जनावर शिकार गर्न गएका युवकको गोली लागेर मृत्यु भएको छ ।  जिल्लाको पूर्वीचौकी गाउँपालिका-६ गाँजरीस्थित घोत्नेगडा सामुदायिक वनमा शिकार खेल्न गएका ३० वर्षीय अमर थापाको मृत्यु भएको हो । डोटी प्रमुख एसपी विष्णुहरि कोइरालाका अनुसार साथीले हानेको गोली थापालाई...

माओवादीबाट आएकी चौधरीलाई मन्त्री बनाइएको भन्दै एमालेमा असन्तुष्टि

२०८१ साउन १९ गते ९:५९

दाङ, १९ साउन– माओवादीबाटी आएकी सीता चौधरीर्ला लुम्बिनी प्रदेशको ऊर्जा तथा सिंचाई मन्त्री नियुक्त गरिएकामा एमालेभित्र तीव्र असन्तुष्टि देखिएको छ । केही दिनअघि मन्त्री नियुक्त भएकी उनले शुक्रबारदेखि मन्त्रालयको कार्यभार सम्हालेकी छन् । एमालेबाट बाँकेकी वसन्ती अधिकारी र दाङकी रेखा विक महिला कोटाबाट मन्त्रीका...

प्रधानमन्त्री ओली भन्छन्ः न्यायालयले गरेका सबै फैसला कार्यान्वयन गर्न सकिन्न

२०८१ साउन १९ गते ९:४१

काठमाण्डु, १९ साउन– प्रधानमन्त्री केपी ओलीले न्यायालयले लोकप्रिय बन्नका लागि जे पायो त्यही विषयमा फैसला गर्न नहुने बताएका छन् । ओलीले मुलुकको आर्थिक अवस्थाअनुसार मात्र फैसला कार्यान्वयन गर्न सकिने बताए । शुक्रबार साँझ नेपाल बार एसोसिएसनका प्रतिनिधिसँगको कुराकानीमा ओलीले मुलुकको आर्थिक क्षमताका आधारमा मात्र...

पहिरोले घर पुरिँदा हजुरआमा र नातिनी बेपत्ता

२०८१ साउन १९ गते ९:३२

रोल्पा, १९ साउन– रोल्पाको सुनछहरी गाउँपालिका– ४ कामीडाँडामा पहिरोले घर पुरिँदा हजुरआमा र नातिनी बेपत्ता भएका छन् । स्थानीय देउसिंह कामीको घर पहिरोले पुरिँदा उनकी आमा ६० वर्षीया बसुना सुनार र ४ वर्षीया छोरी बेपत्ता भएको प्रहरीले जनाएको छ । रोल्पा प्रहरी प्रमुख डिएसपी...

तीन जना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु

२०८१ साउन १९ गते ९:२४

काठमाण्डु, १९ साउन– इलाममा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ना४८प८६३८ नम्बरको मोटरसाइकल माई नगरपालिका–२ सितली र नमस्ते चोक जोड्ने गरुवा खोला पुलमा शुक्रबार साँझ ६ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा माई नरपालिका–१० गजेनी भञ्ज्याङका २६ वर्षीय दिनेश...

खोलाले अटो रिक्सा बगायो, दुई जना बेपत्ता

२०८१ साउन १९ गते ७:३१

दाङ, १९ साउन- दाङमा खोलामा आएको बाढीले अटो रिक्सा बगाएको छ । तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको अटो शुक्रबार राति सांढे ७ बजेको समयमा काला खोलाले बगाएको हो । अटोसंगै दुई जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us