माओवादीबाट आएकी चौधरीलाई मन्त्री बनाइएको भन्दै एमालेमा असन्तुष्टि

काठमाण्डु टुडे २०८१ साउन १९ गते ९:५९ मा प्रकाशित

दाङ, १९ साउन– माओवादीबाटी आएकी सीता चौधरीर्ला लुम्बिनी प्रदेशको ऊर्जा तथा सिंचाई मन्त्री नियुक्त गरिएकामा एमालेभित्र तीव्र असन्तुष्टि देखिएको छ ।

केही दिनअघि मन्त्री नियुक्त भएकी उनले शुक्रबारदेखि मन्त्रालयको कार्यभार सम्हालेकी छन् । एमालेबाट बाँकेकी वसन्ती अधिकारी र दाङकी रेखा विक महिला कोटाबाट मन्त्रीका आकांक्षी थिए ।

अधिकारी र विकले पार्टीमा लामो समय योगदान गरेका आफूहरु हुँदाहुँदै माओवादीबाट आएकी चौधरीलाई सांसद र मन्त्री बनाएको भन्दै सार्वजनिक रुपमै असन्तुष्टि जनाएका छन् ।

चौधरी तत्कालीन नेकपा विभाजित भएपछि २०७८ मा एमालेमा लागेकी थिइन् । एमाले लुम्बिनी प्रदेश समितिका सचिव लक्ष्मण आचार्यले चौधरीलाई माथिबाटै हस्तक्षेप गरी मन्त्री बनाइएकामा आपत्ति जनाए । ‘प्रदेश समितिको रायबिनै माथिबाट मन्त्री तोकियो’, उनले भने, ‘यसमा हाम्रो सहमति छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us