काठमाण्डु, १९ साउन– इलाममा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
ना४८प८६३८ नम्बरको मोटरसाइकल माई नगरपालिका–२ सितली र नमस्ते चोक जोड्ने गरुवा खोला पुलमा शुक्रबार साँझ ६ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा माई नरपालिका–१० गजेनी भञ्ज्याङका २६ वर्षीय दिनेश कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकलमा तीन जना सवार थिए । दुर्घटनामा मोटरसाइकलमा सवार अरु दुई गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक माई नगरपालिका–१० गजेनी भञ्ज्याङका ३२ वर्षीय विनोद लिम्बू र पछाडि सवार सोही ठाउँका १६ वर्षीय रोशन लिम्बू छन् ।
उनीहरु दुवैको विर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।