प्रधानमन्त्री ओली भन्छन्ः न्यायालयले गरेका सबै फैसला कार्यान्वयन गर्न सकिन्न

काठमाण्डु टुडे २०८१ साउन १९ गते ९:४१ मा प्रकाशित

काठमाण्डु, १९ साउन– प्रधानमन्त्री केपी ओलीले न्यायालयले लोकप्रिय बन्नका लागि जे पायो त्यही विषयमा फैसला गर्न नहुने बताएका छन् ।

ओलीले मुलुकको आर्थिक अवस्थाअनुसार मात्र फैसला कार्यान्वयन गर्न सकिने बताए । शुक्रबार साँझ नेपाल बार एसोसिएसनका प्रतिनिधिसँगको कुराकानीमा ओलीले
मुलुकको आर्थिक क्षमताका आधारमा मात्र न्यायालयले फैसला गर्नुपर्ने उल्लेख गरे ।

कर्मचारीको तलब बढाउन समय तोकेर फैसला आए सरकारले त्यसलाई कार्यान्वयन गर्न नसकिने उनको भनाइ थियो । न्यायालयमा सुधारको जरुरी रहेको भन्दै ओलीले न्यायाधीशहरुको व्यवहार र शैलीमा परिवर्तन हुन जरुरी रहेको बताए ।

फरक प्रसंगमा ओलीले संविधान संशोधन गरेर प्रतिगमन ल्याउन खोजियो भन्ने भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us