खोलाले अटो रिक्सा बगायो, दुई जना बेपत्ता

काठमाण्डु टुडे २०८१ साउन १९ गते ७:३१ मा प्रकाशित

दाङ, १९ साउन- दाङमा खोलामा आएको बाढीले अटो रिक्सा बगाएको छ ।

तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको अटो शुक्रबार राति सांढे ७ बजेको समयमा काला खोलाले बगाएको हो । अटोसंगै दुई जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार अटोमा ५ जना सवार रहेकामा तीन जनाले ज्यान बचाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us