काठमाण्डु, २२ साउन– मङ्गलबार उपत्यकामा बिहानैदेखि ठुलो वर्षा भयो। जसका कारण विभिन्न स्थानका सडकहरू जलमग्न भएको छ । बर्खामा परेको पानीले सहज निकास नपाउँदा काठमाण्डु क्षेत्र जलमग्न हुने गरेको छ । मङ्गलवार काठमाण्डु टेकु, भोटेबहाल, रत्नपार्क क्षेत्रमा ढल थुनिएका कारण सडक र घर जलमग्न...
काठमाण्डु, २२ साउन– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका ३७ वटा विभागको प्रमुख तोकेका छन् । सोमबार सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई केन्द्रीय विभागहरूको प्रमुखमा मनोनयन गरेका हुन् ।...
दाङ, २२ साउन– काँग्रेस निकट नेपाल विद्यार्थी संघका एक नेतामाथि माओवादी सम्वद्ध अखिल क्रान्तिकारीका कार्यकर्ताले खुकुरी प्रहार गरेका छन् । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पस हातामै सोमबार नेपाल विद्यार्थी संघका उपसभापति शिवम मिश्रमाथि क्रान्तिकारीका कार्यकर्ताले धारिलो हरियार प्रहार गरेका हुन् । क्याम्पसमा पठनपाठन...
काठमाण्डु, २२ साउन– सत्तारुढ एक काँग्रेस सांसद्का स्वकीय सचिवले काठमाण्डुमा ट्याक्सी चालकमाथि खुकुरी प्रहार गर्ने प्रयास गरेका छन् । म्याग्दीबाट निर्वाचित काँग्रेस सांसद खमबहादुर गर्बुजाका स्वकीय सचिव पृजेन भट्टचनले सुन्धारामा एक ट्याक्सी चालकलाई खुकुरी प्रहारको प्रयास गरेका हुन् । गत १३ साउनमा सुन्धारास्थित एक...
काठमाण्डु, २२ साउन– तामाङ राष्ट्रिय मुक्ति मोर्चाले सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ । मोर्चाका अध्यक्ष डिल्लीमान तामाङ र महासचिव लीलाकुमार घलानले एक विज्ञप्ति जारी गर्दै घिसिङलाई प्रतिशोधपूर्ण ढंगले कारबाही या पदमुक्त गरे आन्दोलनमा उत्रने चेतावनी...
विराटनगर, २२ साउन–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ काँग्रेस–एमाले नेतृत्वलाई बंगलादेशमा हालै विकसित राजनीतिक घटनाक्रमबाट सचेत हुन चेतावनी दिएका छन् । विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनअधिकार कटौती भए काँग्रेस–एमालेका लागि राम्रो नहुने चेतावनी दिएका हुन् । जनताका अधिकार कटौती...
काठमाण्डु, २१ साउन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाले देशका नाममा अरबौं विदेशी ऋण थोपरेर डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेबापत उद्योगीहरुसँग असुल गर्नुपर्ने बक्यौता मिनाहा गर्न खोज्ने सरकारको रबैया स्वीकार्य नहुने बताएका छन् । प्रतिनिधिसभा बैठकमा सोमबार विशेष समयमा बोल्दै झाले गरिबले...
काठमाण्डु, २१ साउन– नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले नेपाल विद्युत प्राधिकरणलाई सरकारले भृकुटी काजग कारखाना र बाँसबारी छालाजुत्ता कारखानाको हालत बनाउन खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकमा सोमबार विशेष समय लिएर बोल्दै निवर्तमान ऊर्जामन्त्रीसमेत रहेका बस्नेतले डेडिकेटेड र ट्रंक लाइन बापतको विद्युत...
काठमाण्डु, २१ साउन नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमाल झन्डै ८ वर्षपछि अभिनयमा फर्किने भएका छन् । हमाल निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल फिल्ममा अनुबन्धित भएका छन । आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबीच लिखित सहमति भएको हो । हमालले सामाजिक...
काठमाण्डु, २१ साउन– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन । प्रदेश प्रमुख नजिर मियाँले सोमबार एक कार्यक्रमका बिच शाहलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । त्यस्तै, प्रदेश प्रमुख मियाँले नेपाली कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीबाट...
काठमाण्डु, २१ साउन– कांग्रेस प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ सरकार बनेसँगै मुलुकमा आर्थिक गतिविधि बढ्ने सम्भावना देखिएको बताएका छन । आज सोमबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद महतले यस्तो बताएका हुन । प्रवक्ता महतले खुकुलो मौद्रिक नीति र...
काठमाण्डु, २१ साउन– एसिड आक्रमणमा परेका ३३ पीडितहरूको वास्तविक घटनामा निर्माण भएको फिल्म ‘नमेटिने घाउ’को ‘फस्ट लुक’ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक भएको पोस्टरमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष स्थान दिइएको छ । पोस्टरमा मध्यभाग ओलीको ठूलो तस्बिर र पृष्ठभूमिमा...