अविरल वर्षाले काठमाण्डुका सडक जलमग्न

काठमाण्डु टुडे २०८१ साउन २२ गते ११:४७ मा प्रकाशित

काठमाण्डु, २२ साउन– मङ्गलबार उपत्यकामा बिहानैदेखि ठुलो वर्षा भयो। जसका कारण विभिन्न स्थानका सडकहरू जलमग्न भएको छ । बर्खामा परेको पानीले सहज निकास नपाउँदा काठमाण्डु क्षेत्र जलमग्न हुने गरेको छ ।

मङ्गलवार काठमाण्डु टेकु, भोटेबहाल, रत्नपार्क क्षेत्रमा ढल थुनिएका कारण सडक र घर जलमग्न भएको छ । साथै उपत्यका भएर बहने नदी तथा खोलाहरूमा पनि पानीको बहाव सतर्कता तहभन्दा माथि पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us