कपिलवस्तुमा मध्यराति भएको सडक दुर्घटनामा दुई जनाको ज्यान गयो

काठमाण्डु टुडे २०८३ साउन १० गते ९:४० मा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ स्थित बिमिहा चोकमा शनिबार मध्यराति बस र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई युवाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार तौलिहवाबाट भैरहवातर्फ जाँदै गरेको भे १ ख ४५५२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु प्र ०१–००४ प ३८५६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकलमा सवार यशोधरा गाउँपालिका–२ पश्चिम भडेहरका ३० वर्षीय रामबहादुर चाइ र २८ वर्षीय सर्जु चाइ गम्भीर घाइते भएका थिए ।

उनीहरूलाई तत्काल उपचारका लागि कपिलवस्तु अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बस चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us