अखिल क्रान्तिकारीका कार्यकर्ताद्वारा नेविसंघ कायकर्तामाथि खुकुरी प्रहार

काठमाण्डु टुडे २०८१ साउन २२ गते ९:२९ मा प्रकाशित

दाङ, २२ साउन– काँग्रेस निकट नेपाल विद्यार्थी संघका एक नेतामाथि माओवादी सम्वद्ध अखिल क्रान्तिकारीका कार्यकर्ताले खुकुरी प्रहार गरेका छन् ।

नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पस हातामै सोमबार नेपाल विद्यार्थी संघका उपसभापति शिवम मिश्रमाथि क्रान्तिकारीका कार्यकर्ताले धारिलो हरियार प्रहार गरेका हुन् ।

क्याम्पसमा पठनपाठन भइहरेको समयमा मिश्रमाथि स्ववियु सचिवसमेत हरेका अखिल क्रान्तिकारीका इकाई अध्यक्ष गणेश पौडेलले खुकुरी प्रहार गरेका हुन् । नेविसंघ दाङले ज्यान मार्ने उद्देश्यसहित मिश्रमाथि खुकुरी प्रहार भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।

नेविसंघ दाङ अध्यक्ष कुलराज पोख्रेलले विज्ञप्ति जारी गर्दै सत्यतथ्य छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कानूनी कारबाही गर्न माग गरेका छन् । नेविसंघले शैक्षिक संस्थाभित्र विद्यार्थीहरुलाई पठनपाठनका लागि सुरक्षाको प्रत्याभूति गराउन सम्वद्ध निकायसँग माग गरेको छ ।

अनुहारमा चोट लागेका मिश्रको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us