समाचार

प्युठानमा एक महिला मृत फेला

२०८१ साउन २४ गते १४:५४

काठमाण्डु, २४ साउन– प्युठानमा एक जना मृत अवस्थामा फेला परेकी छन । प्युठानको झिमरूक गाउँपालिका–३ कोटफेरा बस्ने ७३ वर्षीय हिरा सार्की मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । सार्की सोही ठाउँस्थित कोठेभिर भन्ने स्थानमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । गत साउन...

गभर्नरले पछिल्लो समय फरक व्यवहार देखाउनुभयो: पूर्वअर्थमन्त्री पुन

२०८१ साउन २४ गते १४:४९

काठमाण्डु, २४ साउन– पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पछिल्लो समय केन्द्रीय बैंक र गभर्नरले फरक व्यवहार देखाएको आरोप लगाएका छन । आज (बिहीबार) अर्थ समितिको बैठकमा पूर्वमन्त्री पुनले यस्तो बताएका हुन । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको...

कानुन समितिबाट टीआरसी विधेयक सर्वसम्मत पास

२०८१ साउन २४ गते १४:४२

काठमाण्डु, २४ साउन– आज बिहीबार बसेको प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) सर्वसम्मत पास गरेको छ । बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पास गरेको एक सदस्यले जानकारी दिएका छन...

मैले सेयर बजार बढ्यो, बढ्न हुँदैन कतै भनेको छैन: महत

२०८१ साउन २४ गते १३:५४

काठमाण्डु, २४ साउन– पूर्व अर्थमन्त्री एवं कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले पुँजी बजारलाई लिएर आफूप्रति नकारात्मक धारणा बनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन । आज बिहीबार अर्थ समितिमा बोल्दै डा.महतले यस्तो बताएका हुन । उनले सेयर बजार व्यवस्थित र मर्यादित हुनुपर्छ भनेकोमा आफू विरुद्ध स्टेटमेन्ट...

काठमाण्डुमा जारको पानीमा ४७ रुपैयाँभन्दा बढी लिए कारबाही

२०८१ साउन २४ गते १३:४५

काठमाण्डु, २४ साउन– काठमाण्डु उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) समान कायम राख्न सरकारले सूचित गरेको छ । पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, नापतौल र परिमाणको पानीमा फरक–फरक एमआरपी लगाई बिक्री–वितरण भएको जानकारी आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी...

मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर, मन्त्री पाण्डे बढुवा, पौडेल पुगे १६ औं नम्बरमा

२०८१ साउन २४ गते १३:२३

काठमाण्डु, २४ साउन– राष्ट्रपति रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरेका छन् । प्रधानमन्त्री एवं एमाले केपी ओलीको सिफारिसमा बिहीबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरेका हुन् । वरीयता हेरफेरअनुसार पर्यटनमन्त्री बद्री पाण्डे बढुवा भएका छन् भने स्वास्थ्यमन्त्री प्रदीप...

पिपुल्स इनर्जीले आइपीओ जारी गर्दै, बोर्डसँग माग्यो अनुमति

२०८१ साउन २४ गते १२:४४

काठमाण्डु, २४ साउन– पिपुल्स इनर्जी लिमिटेडले साधारण सेयर (आइपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा आयोजना प्रभावित र सर्वसाधारणका लागि ६६ लाख कित्ता आइपीओ निष्काशनका लागि बोर्डसँग अनुमति मागेको हो । आइपिओ...

छ सय ११ किलोग्राम गाँजासहित दुई भारतीय पक्राउ

२०८१ साउन २४ गते १२:३२

काठमाण्डु, २४ साउन– प्रहरीले भारततर्फ गाँजा तस्करी गरेको अभियोगमा दुईजना भारतीय नागरिक पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१४ मा छ सय ११ किलोग्राम गाँजासहित उनीहरू गएराति पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । विहारको मोतिहारीका २५ वर्षीय गुड्डुकुमार यादव र सोही ठाउँका...

हवाई दुर्घटनाको जरा खोज्न अन्तर्राष्ट्रिय विज्ञ कमिटी गठन गर्नुपर्छ: पर्यटन सचिव पाण्डे

२०८१ साउन २४ गते १२:२८

काठमाण्डु, २३ साउन– संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले नेपालको उड्डयन क्षेत्र सुधारमा अव बन्ने विधेयकले समग्र पक्षलाई समेट्ने विश्वास व्यक्त गरेका छन । आज बिहिबार सङ्घीय संसद्, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबार बसेको बैठकमा सचिव पाण्डेले...

हवाई सुरक्षाका लागि पूर्वाधार निर्माणमा सरकार गम्भीर हुनुपर्छ: अध्यक्ष नेपाल

२०८१ साउन २४ गते ११:४२

काठमाण्डु, २३ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मुलुकको हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन । आज बिहिबार अध्यक्ष नेपालले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन । उनले भनेका छन, ‘देशमा पछिल्लो समय हिमाली...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा टर्किसको विमान ‘ओभरसुट’

२०८१ साउन २४ गते ७:१९

काठमाण्डु, २४ साउन– स्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६:१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको...

बालेन लक्षित ओलीको टिप्पणीः अहंकार र दम्भ देखाउने, नगर प्रहरी लगाएर जनता लुट्ने अधिकार छैन

२०८१ साउन २३ गते १९:५३

काठमाण्डु, २३ साउन– प्रधानमन्त्री केपी ओलीले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन् । उपत्यका मेयर्स फोरमका प्रतिनिधि मण्डलसँग बुधबार भएको भेटमा ओलीले जनप्रतिनिधिले ‘को भन्दा को ठूलो’ शैलीमा अहंकार र दम्भ देखाउन नहुने बताए । जनताका पक्षमा काम...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us