काठमाण्डु, २४ साउन– राष्ट्रपति रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद्मा वरीयता हेरफेर गरेका छन् । प्रधानमन्त्री एवं एमाले केपी ओलीको सिफारिसमा बिहीबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्मा वरीयता हेरफेर गरेका हुन् ।
वरीयता हेरफेरअनुसार पर्यटनमन्त्री बद्री पाण्डे बढुवा भएका छन् भने स्वास्थ्यमन्त्री प्रदीप पौडेल घटुवा भएका छन् । १६ औं स्थानमा रहेका मन्त्री पाण्डे १४ नम्बरमा बढुवा भएका छन् । पाण्डेको ठाउँमा पौडेल पुगेका हुन । मन्त्री पाण्डे हाल कांग्रेसका सहमहामन्त्री रहेका छन ।