काठमाण्डू, १० साउन– एमाले महासचिव शंकर पोखरेलले लोकरिझ्याइँ र अराजकतावादको जगमा उभिएका राजनीतिक शक्तिहरूको भविष्य लामो नभएको बताएका छन ।
शनिबार नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा काठमाण्डूमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन । महासचिव पोखरेलले वर्तमान समयमा उदाएका नयाँ शक्तिहरू अवसरवाद र अराजकताको जगमा खडा भएको पनि बताएका छन ।
नयाँ शक्तिहरूको पतन निश्चित भएपनि उनीहरूको असफलतापछि जनमत स्वतस् पुरानै दलहरूतिर फर्किन्छ भन्नेमा विश्वस्त हुन नसकिने पोखरेलको तर्क उनको छ ।‘आज बालेन्द्र सरकार पपुलिजम, एनार्किजम र अपर्चुनिजमको जगमा जसरी खडा भएको छ, यो लामो समयसम्म चुनौती रहन्छ भन्ने म ठान्दिनँ ।
किनभने कुनैपनि शक्ति जति छिटो उदय हुन्छ, त्यसको पतन पनि त्यति नै छिटो हुने सम्भावना रहन्छ । यो विज्ञानको कुरा हो । उनीहरू जसरी नाटकीय रूपमा नेपालको राजनीतिमा स्थापित भएका छन्, उनीहरूको पतन पनि त्यसैगरी हुन्छ ।
यसमा ढुक्क हुँदा हुन्छ,’ पोखरेलले भने । नयाँ शक्तिको असफलतापछिको रिक्ततामा जनतालाई पुनस् मूलधारका राजनीतिक दलहरूमा आकर्षित गर्नु नै अहिलेको मुख्य चुनौती भएको पनि बताएका छन ।
पार्टीको आन्तरिक अवस्थाप्रति समीक्षा गर्दै महासचिव पोखरेलले युवा पुस्ताको आकर्षण घट्दै गएकोमा चिन्ता व्यक्त गरे ।‘सवाल के हो त भन्दा, उनीहरूको पतनपछिको भविष्य के हुने रु त्यो भविष्य हामीले चाहेजस्तो हुन्छ कि हुँदैन, बनाउन सक्छौँ कि सक्दैनौँ ।
यो नै मुख्य प्रश्न हो भन्ने मलाइ लाग्छ, त्यस अर्थमा म भन्दै आएको छु कि एउटा पपुलिजमको असफलतामा वा अहिलेको रास्वपा सरकारको असफलतामा जनमत स्वतस् फेरि हामीतिर फर्कन्छ भन्ने कुरामा ढुक्क भएर बस्ने हो भने, त्यो नफर्कन पनि सक्छ ।
त्यस अर्थमा हामीले आजको युवा पुस्तातर्फ विशेष ध्यान दिनुपर्छ । हामी हाम्रा हरेक कार्यक्रमहरूमा अनुहार हेर्दा पाका अनुहार नै बढी देख्छौं,’ पोखरेलले भनेका छन् ।