हवाई दुर्घटनाको जरा खोज्न अन्तर्राष्ट्रिय विज्ञ कमिटी गठन गर्नुपर्छ: पर्यटन सचिव पाण्डे

काठमाण्डु टुडे २०८१ साउन २४ गते १२:२८ मा प्रकाशित

काठमाण्डु, २३ साउन– संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले नेपालको उड्डयन क्षेत्र सुधारमा अव बन्ने विधेयकले समग्र पक्षलाई समेट्ने विश्वास व्यक्त गरेका छन ।

आज बिहिबार सङ्घीय संसद्, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबार बसेको बैठकमा सचिव पाण्डेले यस्तो बताएका हुन । उनले मन्त्रालयमा विज्ञताको समेत समस्या भोग्नुपरेको बताए ।

उनले बुधवार मात्र भएको हवाई दुर्घटनाको जरा खोज्न अन्तर्राष्ट्रिय विज्ञ राखेर कमिटी गठन गर्नुपर्ने पनि बताएका छन । उनले भने, ‘मन्त्रालयमा विज्ञताको समस्या छ’, उनेले भने, ‘एक जना टेक्निकल हेर्ने सहसचिव पनि निलम्बनमा हुनुहुन्छ ।’ उनले क्यानलाई दुई भागमा विभाजन गर्न जरुरी रहेको भन्दै अप्रेसन र रेगुलेसन छुट्टाएर आयोग बनाउने विषयमा सोच्नुपर्ने बताएका छन ।

उनले नेपालको हवाई क्षेत्रमा सुधार आए पनि दुर्घटनामा कमी नआएको स्वीकार गर्दै आइकाओको स्ट्याण्डर फलो गरिरहेको दाबी पनि गरेका छन । ‘इयुको अडिट अनुसार टेक्निकल क्यापिसीटी रिफर्म प्लान बनाएका छौँ ।

रेगुलेटेट अथोरिटी सेपेरेट हुनुपर्छ’, उनले भने, ‘हामी विधेयकको तयारीमा छौ । जुन विधेयक जान्छ त्यो टोटल आइकाओको स्ट्याण्डर, इयुको स्ट्याण्डर पनि मिट गर्छ र सिकागो सन्धीका प्रावधानहरु पनि मिट गर्छ ।

जसले गर्दा सिभिल एभिएसन सेक्टर सिस्टमेटिकल्ली कुनै कुरामा समस्या आउन हुँदैन भन्नेमा मन्त्रालय पूर्ण रुपमा सचेत छ, र त्यो अनुसारको तयारी पनि भइरहेको छ ।’ उनले बुधवार मात्र नुवाकोटमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाको कारण पत्ता लगाउन आयोग बनिसकेकाले त्यसबारे अहिले नै बोल्नु उपयुक्त नहुने बताउका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us