काठमाण्डु, २४ साउन– प्युठानमा एक जना मृत अवस्थामा फेला परेकी छन । प्युठानको झिमरूक गाउँपालिका–३ कोटफेरा बस्ने ७३ वर्षीय हिरा सार्की मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।
सार्की सोही ठाउँस्थित कोठेभिर भन्ने स्थानमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । गत साउन १५ गतेदेखि घरबाट हिँडेकी उनको इलाका प्रहरी कार्यालय ओखरकोटबाट खटिएको प्रहरीले आफन्तको सहयोगमा खोजी गर्ने क्रममा शव फेला परेको हो ।
घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।