कानुन समितिबाट टीआरसी विधेयक सर्वसम्मत पास

काठमाण्डु टुडे २०८१ साउन २४ गते १४:४२ मा प्रकाशित

काठमाण्डु, २४ साउन– आज बिहीबार बसेको प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) सर्वसम्मत पास गरेको छ ।

बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पास गरेको एक सदस्यले जानकारी दिएका छन ।

प्रस्तावमाथि छलफपछि सभापति विमला सुवेदीले विधेयक सर्वसम्मत पास भएको घोषणा गरेकी हुन । उनले प्रतिनिधिसभाको अब बस्ने बैठकमा प्रतिवेदन पेस गर्ने वातावरण बनाउन सभामुखलाई पत्र लेखेर आग्रह गरिने पनि बताएकी छन ।

२९ गतेको प्रतिनिधिसभा बैठकमा पेस गर्न आग्रह गरेर पत्र लेखिने उनले बताएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us