समाचार

हावाहुरीका कारण लमहीको विद्युत् सब–स्टेसनमा आगलागी

२०८२ चैत ६ गते १५:२३

काठमाण्डू, ६ चैत– हावाहुरीका कारण विद्युत सर्ट हुँदा दाङको लमहीमा नेपाल विद्युत् प्राधिकरणको सब स्टेसनमा आगलागी भएको छ । लमहीस्थित १३२ केभी क्षमताको सबस्टेशन दिउँसो करिब साढे १ बजे आगलागी भएको प्रहरीले जनाएको छ । सब स्टेसनको कन्ट्रोल हाउसमा आगलागी भएपनि धेरै ठुलो क्षति...

यूएईमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

२०८२ चैत ६ गते १५:१९

काठमाण्डू, ६ चैत– सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा युनाइटेड अरब इमिरेट्स (यूएई) मा हालसम्म ७ नेपाली पक्राउ परेका छन । इजरायल–अमेरिका र इरानबीच जारी युद्धपछि इरानले यूएईमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ । आक्रमणपछि खसेका ड्रोन तथा मिसाइलका फोटो, भिडियो खिच्ने,...

गगनको राजीनामाबारे केसीः बदल्छु भनेर हिंडेको क्याप्टेनले बीचमै छाड्न मिल्दैन

२०८२ चैत ६ गते १५:११

काठमाण्डू, ६ चैत– कांग्रेस नेता अर्जुननरसिंह केसीले निर्वाचनको हार वा जितकै आधारमा मात्र नेतृत्वको परीक्षण गरिनु गलत हुने तर्क गरेका छन । आज (शुक्रबार) कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता केसीले यस्तो बताएका हुन । उनले पार्टी सभापति गगनकुमार थापाको राजीनामा...

कांग्रेस बैठकमा लिखित रूपमा दुई वटा प्रस्ताव पेश

२०८२ चैत ६ गते १४:४३

 काठमाण्डू, ६ चैत– कांग्रेसको केन्द्रीय समिति बैठकमा दुई वटा प्रस्ताव पेश भएका छन । केहि बेर अधिबाट सुरु भएको बैठकमा सभापति गगन थापाले दिएको राजीनामा र प्रतिनिधिसभा निर्वाचनको समीक्षा गरी दुई प्रस्ताव पेश भएका हुन् । सहमहामन्त्री उदयशमशेर राणाले बैठकमा लिखित रूपमा पेश भएका...

दुई तिहाइको सरकारले संविधानमा प्रहार गरे पोजिसन लिन्छौंः बार अध्यक्ष मिश्र

२०८२ चैत ६ गते १४:४०

काठमाण्डू, ६ चैत– नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले मुलुकमा दुई तिहाइ बहुमतको सरकार बन्ने अवस्था आउँदा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक शृंखला रहेको भन्दै सचेत रहन अनुरोध गरेका छन । आज (शुक्रबार) भक्तपुरमा आयोजित नेपाल बार एशोसिएशन कानुन व्यवसायी महलिाहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन...

लुम्बिनीका जिल्लामा दिउँसै अँध्यारो

२०८२ चैत ६ गते १४:३४

काठमाण्डू, ६ चैत– मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार नै लुम्बिनी प्रदेशमा दाङमा हावाहुरी चलेको छ । बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लामा हावाहुरी चलेको छ । केहीबेर हावाहुरी चलेपछि अहिले पानी पनि परिरहेको छ । बादल र हावाहुरीका कारण दिउँसै अँध्यारो भएको थियो ।...

सपना प्रधान मल्ल प्रधानन्यायाधीश बन्नेमा विश्वस्त छौंः महान्यायाधिवक्ता भण्डारी

२०८२ चैत ६ गते १४:२८

काठमाण्डू, ६ चैत– महान्यायाधिवक्ता सविता भण्डारीले महिलाहरू उच्च पदमा पुग्दा महिलाहरूबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको वकालत गर्ने संस्कार बसाल्न अनुरोध गरेकी छन । आज (शुक्रबार) भक्तपुरमा नेपाल बारले आयोजना गरेको कानून व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन...

इनिसा विक हत्याका दोषीलाई कारबाहीको माग राखेर माइतीघरमा प्रदर्शन

२०८२ चैत ६ गते १४:१९

काठमाण्डू, ६ चैत– सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीको माग गर्दै आज (शुक्रबार) पनि काठमाण्डूको माइतीघर मण्डलामा प्रदर्शन भएको छ । स्वतस्फुर्त रूपमा शुक्रबार माइतीघरमा भेला भएका युवाहरूले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य...

म सिनियर हुँ, संसदीय दलको नेतामा स्वाभाविक दाबी रहन्छः अर्जुननरसिंह केसी

२०८२ चैत ६ गते १४:०३

काठमाण्डू, ६ चैत– कांग्रेस नेता अर्जुननरसिंह केसीले संसदीय दलेको नेतामा आफ्नो दाबेदारी स्वभाविक रुपमा रहेने बताएका छन । आज (शुक्रबार) केन्द्रीय कार्यसमिति बैठकका लागि पार्टी कार्यालय सानेपा पुगेका केसीले सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस नेता केसीले यस्तो बताएका हुन । उनले भने, ‘संसदीय दलको नेतामा...

कांग्रेस केन्द्रीय समितिमा गगन थापा अनुपस्थित

२०८२ चैत ६ गते १३:४७

काठमाण्डू, ६ चैत– कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । आजको बैठकका लागि दुई एजेन्डाहरू तय भएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका छन । बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति गगन थापाले...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

२०८२ चैत ६ गते १३:४५

काठमाण्डू, ६ चैत– कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।  आजको बैठकका लागि दुई एजेन्डाहरू तय भएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका छन । बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति गगन थापाले...

प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरमा पूजा

२०८२ चैत ६ गते १३:२८

काठमाण्डू, ६ चैत– प्रधानमन्त्री सुशीला कार्कीले जानकी मन्दिरमा पूजाअर्चना गरेकी छन । प्रधानमन्त्री बनेपछि पहिलोपटक जनकपुरधाम आएकी उनले जानकी मन्दिरमा दर्शन गरेकी हुन् । त्यस क्रममा उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफ्नो नितान्त यो धार्मिक यात्रा रहेको प्रतिनिक्रिया दिएकी छन । प्रधानमन्त्री कार्की देशका विभिन्न...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us