समाचार

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

२०८३ वैशाख २६ गते १२:३७

सुनसरी, २६ वैशाख– सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित तीनकुने मिलिजुली स्कुल नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्र खड्काका अनुसार शनिबार बिहान करिब ४ः३० बजे कालाबन्जार–धरान सडक खण्डमा प्रदेश १–०१–०१८प७८९२ नम्बरको मोटरसाइकल सिमेन्टको कल्भर्टमा ठोक्किँदा दुर्घटना...

ज्येष्ठ नागरिकलाई उत्पादनमूलक कामसँग जोड्नुपर्छः राष्ट्रपति

२०८३ वैशाख २६ गते १२:३४

काठमाण्डू, २६ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र सीपलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नुपर्ने बताएका छन् । शनिबार मनमोहन मेमोरियल फाउण्डेशनले राजधानीमा आयोजना गरेको ‘ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलन’ लाई सम्बोधन गर्दै उनले ज्येष्ठ नागरिकलाई उत्पादनमूलक कामसँग जोड्न र नीति निर्माणमा उनीहरूको सहभागिता...

सडक निर्माणमा खटिएका मजदुरद्वारा महिलामाथि सामूहिक बलात्कार

२०८३ वैशाख २६ गते १२:२४

रोल्पा, २६ वैशाख–रोल्पामा महिलामाथि सामूहिक बलात्कार भएको छ । माडी गाउँपालिका – १ चिहानडाँडामा महिलामाथि २२ वैशाखको साँझ सामूहिक बलात्कार भएको हो । ४० वर्षीया ती महिलाको स्थायी ठेगाना सुनिलस्मृति गाउँपालिका– २ रहेको प्रहरीले जनाएको छ । उनी जंगलको बाटो हुँदै आफन्तको घर जाँदै...

रास्वपालाई धार्मिक संस्था र नेतालाई देउता मान्नु दुर्भाग्यपूर्णः किराँती

२०८३ वैशाख २५ गते १९:२५

काठमाण्डू, २५ वैशाख– पूर्वमन्त्री एवं श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टीले तानाशाहका अभ्यास गरिरहेको आरोप लगाएका छन् । शुक्रबार मात्र श्रम संस्कृति पार्टीमा समाहित भएका उनले पार्टी प्रवेश कार्यक्रममा रास्वपालाई धार्मिक संस्था र त्यसका नेताहरुलाई देउताको व्यवहार भइरहनु दुर्भाग्यपूर्ण भएको...

सुशीला कार्कीले पुरानो सरकारी गाडी फिर्ता गरिन्, नयाँ मागिन्

२०८३ वैशाख २५ गते १९:१७

काठमाण्डू, २५ वैशाख– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारी गाडी फिर्ता गरेकी छन् । पुरानो गाडी पटकपटक बिग्रिने र इन्धन अत्याधिक खपत हुने भएका कारण फिर्ता गरिएको उनको सचिवालयका एक सहयोगीले बताए । कार्की जेनजी आनदोलनपछि २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् । उनको नेतृत्वमा २१...

सर्वोच्चले रोक्यो बालेनको डोजर

२०८३ वैशाख २५ गते १९:०७

काठमाण्डू, २५ वैशाख– सर्वोच्च अदालतले सुकुम्बासी बस्तीमा डोजर नचलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले शुक्रबार सुकुमबासी बस्ती नभत्काउन आदेश दिएको हो । सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बस्ती भत्काउन काम रोक्न आदेश दिएको बताए ।...

जेनजी आन्दोलनमा हराएको २५५ राउन्ड गोली भेटियो

२०८३ वैशाख २५ गते १६:१५

काठमाण्डू, २५ वैशाख– गत भदौ २३, २४ गते भएको जेनजी आन्दोलनक्रममा हराएको २५५ राउन्ड गोली नेपाल प्रहरीले भेटाएको छ । नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ स्थित सडक छेउको नालामा बेवारिसे अवस्थामा बाकसमा राखिएको अवस्थामा गोली फेला परेको हो । जेनजी आन्दोलनमा हराएको एसएलआरको...

प्रलोपाले एकता महाधिवेशन सन्तोष परियारको अध्यक्षतामा गर्ने

२०८३ वैशाख २५ गते १६:१०

काठमाण्डू, २५ वैशाख– प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले आफ्नो महाधिवेशन सन्तोष परियारको अध्यतामा गर्ने भएको छ । आज (शुक्रबार) बसेको पार्टी अध्यक्ष परिषद्को बैठकले वैशाख ११ र १२ गतेको केन्द्रीय कमिटीको विस्तारित बैठकले दिएको अधिकार बमोजिम अध्यक्ष परिषद्को कार्यविभाजन गर्दै आगामी महाधिवेशनको नेतृत्व गर्ने जिम्मा परियारलाई...

रास्वपाको वाचापत्रअनुसार नै विद्यार्थी संगठन खारेजः सरकार प्रवक्ता

२०८३ वैशाख २५ गते १६:०६

काठमाण्डू, २५ वैशाख– नेपाल सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी वाचापत्रअनुसार नै विद्यार्थी संगठन खारेज गरिएको बताएका छन । आज (शुक्रबार) सिंहदरबार सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले यस्तो बताएका हुन । उनले रास्वपाको...

प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न सर्वोच्च प्रशासनको आनाकानी

२०८३ वैशाख २५ गते १५:५७

काठमाण्डू, २५ वैशाख– संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गर्दा वरीयता मिचेको भन्दै सर्वोच्च अदालतमा पेस भएका रिटहरू दर्ता गर्न सर्वोच्च अदालत प्रशासनले आनाकानी गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन ढकाल र डा. प्रेम सिलवालले छुट्टाछुट्टै रिट पेस गरेका थिए । संवैधानिक परिषद्को...

जनता तर्साएर घर भत्काउनु अमानवीय कार्य होः कांग्रेस नेता महर

२०८३ वैशाख २५ गते १५:४०

काठमाण्डू, २५ वैशाख– कांग्रेसका नेता नैनसिंह महरले जनता तर्साएर घर भत्काउने अमानवीय कार्य सरकारले रोक्नु पर्ने बताएका छन । आज (शुक्रबार) नेपाल प्रेस युनियन डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महरले यस्तो बताउका हुन । उनले देशका लागि जमिन र जनता उत्तिकै आवश्यक...

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, दुई जना घाइते

२०८३ वैशाख २५ गते १५:३४

काठमाण्डू, २५ वैशाख– सल्यानको दार्मा गाउँपालिका–२ भुसखोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा ट्याक्टर चालक दार्मा गाउँपालिका–२ भुसखोलाका प्रदीप बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जानकारी दिएको छ । फारुल्लाचौरबाट भुसखोलातर्फ जाँदै गरेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us