रास्वपालाई धार्मिक संस्था र नेतालाई देउता मान्नु दुर्भाग्यपूर्णः किराँती

काठमाण्डु टुडे २०८३ वैशाख २५ गते १९:२५ मा प्रकाशित

काठमाण्डू, २५ वैशाख– पूर्वमन्त्री एवं श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टीले तानाशाहका अभ्यास गरिरहेको आरोप लगाएका छन् ।

शुक्रबार मात्र श्रम संस्कृति पार्टीमा समाहित भएका उनले पार्टी प्रवेश कार्यक्रममा रास्वपालाई धार्मिक संस्था र त्यसका नेताहरुलाई देउताको व्यवहार भइरहनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे ।

पछिल्लो समय रास्वपा र सरकारले वरियता मिचेर सर्वोच्च अदालतको न्यायाधीशमा चौथो नम्बका मनोज शर्मालाई सिफारिस गरेकामा उनले आपत्ति जनाए ।
किरातीले सरकार बिचौलियाको घेराबन्दीमा परेको पनि आरोप लगाए ।

उनले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार नाजीवादको घोडा चढेर हिंडिरहेको आरोप लगाए । तर, नाजीवाद र फाँसीवाद इतिहासको चिहानमा पुरिइसकेको नबिर्सन चेतावनी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us