काठमाण्डू, ८ चैत– कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला समूहले छुट्टै केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी गरेको छ । आज (आइतबार) धुम्बाराहीमा बसेको तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा.शेखर कोइरालासहितका निवर्तमान कार्यसमिति र कार्यसम्पादन समितिमा रहेका नेताहरूको बैठकले १४ औँ...
काठमाण्डू, ८ चैत– कांग्रेस गत २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्षमा पुगेको छ । पार्टीको जारी केन्द्रीय समितिको बैठकमा भएको समीक्षाबारे जानकारी गराउँदै प्रवक्ता देवराज चालिसेले ५ देखि ३ हजारभन्दा कम मतान्तरले...
काठमाण्डू, ८ चैत– एमालेकी सचिव पद्मा अर्यालले सांसद् महावीर पुनले आफूमाथि गरेको टिप्पणीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन । पुनले भ्रमपूर्ण सामग्रीलाई आधार मानेर आफूमाथि गालीगलौजपूर्ण शब्द प्रयोग गरेको भन्दै अर्यालले त्यसको खण्डन गरेकी हुन । एमाले नेतृ अर्यालले सामाजिक सञ्जालमार्फत पुनलाई सम्बोधन गर्दै...
काठमाण्डू, ८ चैत– राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा आज (आइबार) पेसी तोकीएको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचना...
काठमाण्डू, ८ चैत– ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा होसना इँट्टाभट्टामा काम गर्ने रुकुमकी ५५ वर्षीय तिल्सरी खड्का रहेकी प्रहरीले जानकारी दिएको छ । आइतबार बिहान ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित होसना इँट्टाभट्टामा काम गर्ने खड्काको मृत्यु भएको प्रहरीले जनाएको...
काठमाण्डू, ८ चैत– नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले सीमा व्यापार यस वर्षबाट पुनः सुरु गर्ने भएका छन् । ६ वर्षको अन्तरालपछि उक्त भूमि हुँदै दुई छिमेकी देशले पुनस् सीमा व्यापार सुरु गर्ने तयारी गरेको भारतको प्रमुख समाचार एजेन्सी...
काठमाण्डू, ८ चैत– साताको कारोबारको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनको भाउ प्रतितोला १२ हजार ५ सय रुपैयाँ घटेको छ । आजको लागि सुनको भाउ प्रतितोला २ लाख ८२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अघिल्लो दिन...
महोत्तरी, ८ चैत- महोत्तरीसहित नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि विधिवत चैती छठ पर्व सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत सम्पूर्ण मिथिलाञ्चलभरि धार्मिक विधिपूर्वक सुरु...
काठमाण्डू, ८ चैत- पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । झडेवाबाट रहबास चुनढुंगा खानीतर्फ जाँदै गरेको लु२ख४५२५ नम्बरको टिपर शनिबार साँझ माथागढी गाउँपालिका ७ रहबास स्थित झडेवा–रहबास सडक खण्डबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित चार जनाको...
काठमाण्डू, ७ चैत- उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीलाई सफलतापूर्वक निर्वाचन सम्पन्न गराएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीलाई धन्यवाद दिएको छ । अध्यक्ष कुलमान घिसिङ नेतृत्वको एक प्रतिनिधिमण्डलले शनिबार प्रत्रधानमन्त्री निवास बालुवाटारमा भेटेर कार्कीलाई धन्यवाद ज्ञापन गरेको हो । प्रधानमन्त्री कार्कीको निष्ठा र प्रतिबद्धताका कारण...
काठमाण्डू, ७ चैत- वर्षा गराउने प्रणाली कमजोर भएसँगै मौसममा सुधार भएको छ । शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् विभूति पोखरेलले मौसममा सुधार भए पनि प्रिमनसुनका कारण आइतबार पनि सामान्य वर्षा हुने बताइन्...
काठमाण्डू, ७ चैत–उपचारका लागि भन्दै सिंगापुर गएका काँग्रेस पूर्वसभापति शेरबहादुर देउवा उतैबाट हङकङ पुगेका छन् । सिंगापुरमा नियमति उपचार सकाएर देउवा हङकङ गएको उनको सचिवालयले जनाएको छ । हङकङ बसाइका क्रममा देउवाले थप उपचार गराउने छन् भने केही पारिवारिक कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि...