काठमाण्डू, २७ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दिएको बताएका छन ।
आज (आइबतार) काठमाण्डूमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन । प्रचण्डले श्रमजीवि वर्गमाथि सबैभन्दो ठूलो आहात दिने काम सरकारबाट भएकाले पनि नेपालका कम्युनिष्ट पार्टीहरूले वर्गीय पक्षधरताको पक्षमा दृढतापूर्वक उभिएर काम गर्नुपर्ने बेला आएको पनि बताएका छन ।
उनले भने, ‘अहिले सरकारको तर्फबाट सबभन्दा गरिबहरूमाथि, निमुखाहरूमाथि नै सबभन्दा बढी आहात, पीडा दिने कोशिस भएको छ । सबभन्दा गरिब, जसको हामी वर्गआधार भन्ने गर्दछौं ।
त्यही वर्गमाथि प्रहार भएको छ । हामीले यो बीचमा वैचारिक ढंगले र आफनो वर्ग आधारलाई दह्रोसँग समात्नुपर्नेमा कमजोरी भएको छ ’ कम्युनिष्टहरूबीचको एकताले मात्रै वर्ग संघर्षलाई माथि उठाउन सकिने भएकाले सो काममा नेपालका कम्युनिष्ट पार्टीहरू एकतावद्ध भएर लाग्नुपर्ने आवश्यकता भएको पनि बताएका छन ।
प्रचण्डले भने, ‘हाम्रो वर्गीय पक्षधरतामाथि आक्रमण गरेर नेपालमा कम्युनिष्टहरूलाई सिध्याउने देशीविदेशी प्रतिक्रियावादीहरू लागेका छन् । त्यसकारण हामीले वर्ग संघर्षलाई माथि उठाउन सबै कम्युनिष्टहरूबीच एकता गरेर अघि बढ्नुपर्नेछ ।’