समाचार

प्रतिनिधिसभाको नयाँ नियमावली संसद्‌मा पेस, सांसदलाई विशेषाधिकार

२०८३ वैशाख २८ गते १५:४२

काठमाण्डू, २८ वैशाख– प्रतिनिधिसभाको नयाँ नियमावलीको मस्यौदा प्रतिनिधिसभाको बैठकमा पेस भएको छ । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा मस्यौदा समितिका सभापति गणेश पराजुलीले मस्यौदा पेस गरेका हुन् । प्रतिनिधिसभा नियमावली २०७९ मा उल्लेख्य केही परिमार्जनसहित तयार पारिएको नयाँ नियमावलीले सांसदलाई विशेषाधिकार दिएको छ...

प्रतिनिधिसभा सरकारको कठपुतली होइनः राप्रपा

२०८३ वैशाख २८ गते १५:२९

काठमाण्डू, २८ वैशाख– प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले अध्यादेश ल्याउनसक्ने संवैधानिक अधिकारको दुरूपउयोग गरेको आरोप लगाएको छ । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले यस्तो आरोप लगाएकी हुन । सांसद ओलीले नेपालको संविधानको धारा ११४...

हर्क साम्पाङको प्रश्नः लिपुलेकमा भारतले नाका खोलेर चलाउँदा सरकार कहाँ लुक्यो ?

२०८३ वैशाख २८ गते १५:२४

काठमाण्डू, २८ वैशाख– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले लिपुलेकलाई नाकाको रुपमा भारत सरकारले प्रयोग गर्दा नेपाल सरकार लुकेर बसेको भन्दै टिप्पणी गरेका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साम्पाङले यस्तो बताएका हुन ।...

विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको अल्पकालीन आदेश

२०८३ वैशाख २८ गते १५:१५

काठमाण्डू, २८ वैशाख– सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश दिएको छ वर्तमान सरकारले विद्यार्थी संगठनहरु खारेज गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध आठ विद्यार्थी संगठनहरुले संयुक्तरुपमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।...

प्रधानमन्त्रीप्रति सांसद पन्तको कटाक्षः महिलामाथि बहुमतको अहंकार प्रदर्शन गर्नुभयो

२०८३ वैशाख २८ गते १५:१०

काठमाण्डू, २८ वैशाख– राष्ट्रिय सभामा कांग्रेस संसदीय दलकी नेता कमलादेवी पन्तले प्रधानमन्त्री बालेन शाहले अध्यादेश र अंकगणितको आडमा महिलामाथि जघन्य हिंसा गरेको बताएकी छन । प्रधानन्यायाधीश सिफारिस प्रकरणको मुद्दा उठाउँदै सांसद पन्तले सोमबार राष्ट्रिय सभाको बैठकमा यस्तो बताएकी हुन । उनले भनिन्, ‘कुनै दिन...

जगदीश खरेलको चुनौतीः म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु

२०८३ वैशाख २८ गते १५:०३

काठमाण्डू, २८ वैशाख– पूर्व सञ्चार तथा सुचना प्रविधिमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले आफूविरुद्ध लगाइएका आरोप पुष्टि गर्न चुनौती दिएका छन् । आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्ने क्रममा सांसद खरेलले यस्तो बताएका हुन । उनले आफूविरुद्ध...

न्यायपालिका प्रमुख प्रधानमन्त्रीको तजबिजबाट निर्धारण हुने खतरनाक भाष्य स्थापना हुँदैछः एमाले

२०८३ वैशाख २८ गते १४:५४

काठमाण्डू, २८ वैशाख– प्रतिपक्षी दल एमालेले न्यायपालिकाको प्रमुख बन्ने कुरा प्रधानमन्त्रीको तजबिजले निर्धारण गर्ने खतरनाक भाष्य स्थापना हुन खोजेको भन्दै आपत्ति व्यक्त गरेको छ । आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा एमाले सांसद पद्मा अर्यालले सरकारले ल्याएको अध्यादेश र अध्यादेश कार्यान्वयन गर्दैगर्दा...

कांग्रेस सचेतक राईको प्रश्नः भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने व्यवस्था किन ?

२०८३ वैशाख २८ गते १४:४५

काठमाण्डू, २८ वैशाख– कांग्रेसका सचेतक निश्कल राईले भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने व्यवस्था किन गरिएको भनेर संसद्‌मा प्रश्न उठाएका छन । प्रतिनिधिसभा नियमावली मस्यौदाको नियम २५९ मा यससम्बन्धी व्यवस्था छ । जसले सांसदलाई प्रतिनिधिसभा नियमावली नै मूल कानुन हुने र अन्य कानुनले जे...

मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन, १० जना पक्राउ

२०८३ वैशाख २८ गते १४:२६

काठमाण्डू, २८ वैशाख– गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । आज (सोमबार) ललितपुरको हरिहरभवनस्थित आयोगको कार्यालय नजिकै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।...

प्रतिनिधिसभाको सुरुमा विपक्षी दलको अवरोध, सभामुखको आग्रहपछि अघि बढ्यो बैठक

२०८३ वैशाख २८ गते १४:२१

काठमाण्डू, २८ वैशाख– प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभा बैठक अघि बढेको छ । केहीबेरबाट सुरु भएको प्रतिनिसभा बैठकको सुरुमै विपक्षी दलहरूले उठेर अवरोध गरेका थिए । आज (सोमबार)को प्रतिनिधि सभा बैठक सुरु हुनासाथ उनीहरूले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले अवरोध हटाउन आग्रह गरेका थिए ।...

राष्ट्रिय सभाबाट अध्यादेश रोक्ने प्रतिपक्षी दलहरूको तयारी

२०८३ वैशाख २८ गते १४:१८

काठमाण्डू, २८ वैशाख– सरकारले ल्याएको अध्यादेशहरू राष्ट्रिय सभाबाट रोक्न प्रतिपक्षी दलहरुले गृहकार्य सुरु गरेका छन । नेताहरूका अनुसार राष्ट्रिय सभाका मुख्य तीन दल नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र एमालेबीच लगभग सहमति जुटिसकेको छ । तर सबै अध्यादेश रोक्ने अथवा केही अध्यादेश मात्र भन्नेमा...

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लगातार दोस्रोपटक पनि प्रधानमन्त्री अनुपस्थित भएको भन्दै कांग्रेसले गर्याे बैठक बहिष्कार

२०८३ वैशाख २८ गते १३:५७

काठमाण्डू, २८ वैशाख– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शाह राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लगातार दोस्रोपटक पनि अनुपस्थित भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको छ । गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री बालेनसँग सुकुमवासी बस्ती खाली गराइएको, सुरक्षा प्रशासन लगायतका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us