काठमाण्डू, २८ वैशाख– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले लिपुलेकलाई नाकाको रुपमा भारत सरकारले प्रयोग गर्दा नेपाल सरकार लुकेर बसेको भन्दै टिप्पणी गरेका छन ।
आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साम्पाङले यस्तो बताएका हुन । उनले लिपुलेकमा भारतले नाका खोलेर चलाइराख्दा किन मौन छ यो सरकार ? किन कुटनीतिक वार्ता गर्न सकेन ? हस्ताक्षरबिना कूटनीतिक नोटको भरमा किन लुकेर बसेको छ यो सरकार ?’ साम्पाङको प्रश्न छ ।
नेपाली सेनालाई सीमा सुरक्षामा पठायो कि सुमुम्वासी बस्तीमा पठायो भन्ने पनि उनको प्रश्न छ । सीमा बचाउन नसक्ने तर जनताको गरिब बस्तीमा पठाएर आतंक फैकलाउनुको कारण के हो ?
भनेर उनले जवाफ मागे । सरकार असफल भइसकेको पनि आफूहरूको बुझाइ रहेको समेत बताएका छन । नागरिकको आवासको हक सरकारले नै उल्लंघन गरेको समेत बताएका छन । उनले संसद छलेर अध्यादेश ल्याउने प्रवृतिको पनि विरोध गरेका छन । उनले भने, ‘यो सरकारलाई लोकतन्त्रको याद दिलाउनुपर्ने भयो ।’
‘नागरिक सर्वोच्चतालाई संसदको सर्वोच्चताले स्थापित गर्दछ । यसकारण संसद् छल्नु भनेको जनमत नमान्नु हो, लोकतन्त्र नमान्नु हो । यो सरकारले विधि र थिति बसाउन किन सकेन ? सरकार आफैं लोकतन्त्रलाई कमजोर बनाउने दिशामा गयो ?’