रोल्पा, २६ वैशाख–रोल्पामा महिलामाथि सामूहिक बलात्कार भएको छ ।
माडी गाउँपालिका – १ चिहानडाँडामा महिलामाथि २२ वैशाखको साँझ सामूहिक बलात्कार भएको हो । ४० वर्षीया ती महिलाको स्थायी ठेगाना सुनिलस्मृति गाउँपालिका– २ रहेको प्रहरीले जनाएको छ । उनी जंगलको बाटो हुँदै आफन्तको घर जाँदै थिइन् । यसैबीच प्रहरीले बलात्कार आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलाली लम्कीचुहा नगरपालिका–२ बलचौरका २३ वर्षीय अनिल वादी र २० वर्षीय सुनिल वादी तथा कालिमाटी उँपालिका–५ हात्तिदमार सल्यानका ४४ वर्षीय धनबहादुर कामी छन् ।
रोल्पा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार उनीहरु माडी – ६ लाप्चुङमा मदन भण्डारी राजमार्ग निर्माणे काममा खटिएका मजदुर हुन् । पीडितले २४ वैशाखमा रोल्पा प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको हो ।
इलाका प्रहरी कार्यालय घर्ती गाउँको हिरासतमा राखेर उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।