ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, दुई जना घाइते

काठमाण्डु टुडे २०८३ वैशाख २५ गते १५:३४ मा प्रकाशित

काठमाण्डू, २५ वैशाख– सल्यानको दार्मा गाउँपालिका–२ भुसखोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

दुर्घटनामा ट्याक्टर चालक दार्मा गाउँपालिका–२ भुसखोलाका प्रदीप बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जानकारी दिएको छ ।

फारुल्लाचौरबाट भुसखोलातर्फ जाँदै गरेको रा १ त ४४९५ नम्बरको खाली ट्याक्टर शुक्रबार दिउँसो करिब १स्३० बजे सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटनामा परेको हो ।

दुर्घटनामा ट्याक्टर चालक दार्मा गाउँपालिका–२ भुसखोलाका बिक गम्भीर घाइते भएका थिए । उनलाई उद्धार गरेर उपचारका लागि थुम्के सल्ली स्वास्थ्य चौकी दार्मा लगिएको थियो ।

तर स्वास्थ्यकर्मीले दिउँसो १:५० बजे मृत घोषणा गरेका थिए । दुर्घटनामा ट्याक्टरमा सवार १७ वर्षीय टेकबहादुर बिक र २२ वर्षीय विशाल बिक घाइते भएका छन् ।

टेकबहादुरको थुम्के सल्ली स्वास्थ्य चौकीमा उपचार भइरहेको र विशाललाई भने थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us