गायक रामकृष्ण ढकालले दिए साइबर ब्युरोमा उजुरी

काठमाण्डु टुडे २०८३ वैशाख २५ गते १५:२६ मा प्रकाशित

काठमाण्डू, २५ वैशाख– गायक रामकृष्ण ढकालले प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीमा उजुरी दिएका छन । ब्युरोका प्रवक्ता तथा एसपी दिलिप कुमार गिरीले उजुरी आएको पुष्टि गरे ।

विद्युतीय माध्यमबाट आफूमाथि गालीगलौज गरिएको भन्दै ढकालले उजुरी दिएको उनले जानकारी दिए । उजुरीमा व्यक्ति तोकिएको छैन, तर गाली गरेकाहरुको सामाजिक सञ्जालको लिंक समावेश गरेर उजुरी दिइएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us