सार्वजनिक जग्गा खाली गर्ने सूचना जारी गरेपछि धनुषामा सुकुमवासीको प्रदर्शन

काठमाण्डु टुडे २०८३ वैशाख २५ गते १३:४५ मा प्रकाशित

काठमाण्डू, २५ वैशाख– क्षीरेश्वरनाथ नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने सूचना जारी गरेपछि धनुषाको महेन्द्रनगरमा सुकुमवासीले विरोध गरेका छन ।

क्षीरेश्वरनाथ नगरपालिकाले सार्वजनिक जग्गामा रहेको अव्यवस्थित बस्ती हटाउने सूचना जारी गरेको थियो । यसको विरोधमा आज बिहानै सुकुमवासीहरुले जनकपुर ढल्केवर सडक खण्डको महेन्द्रनगरस्थित औरही पुलमा सडक अवरुद्ध गर्दै प्रदान गरेका हुन् । प्रदर्शनको कारण केहीबेर राजमार्ग अवरुद्ध भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us