माइतीघरमा सरकारविरुद्ध सुकुमवासीको प्रदर्शन

काठमाण्डु टुडे २०८३ वैशाख २५ गते १३:३८ मा प्रकाशित

काठमाण्डू, २५ वैशाख– सरकारले विकल्प बिना बस्ती खाली गराउन थालेपछि देशभरका भूमिहीन तथा अव्यवस्थित बसोवासीहरूले आज (शुक्रबार) काठमाण्डूको माइतीघर मण्डालमा उपस्थित भएर प्रदर्शन गरेका छन ।

काठमाण्डूका विभिन्न क्षेत्रबाट विस्तापित भएका अव्यवस्थित र सुकुमवासी बस्तीका नागरिकहरू सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले डोजर चलाउन बन्द गर, व्यवस्थापन गर, विस्थापन होइन न्याय देऊ, मानव अधिकार देऊलगायत लेखेको प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन् ।

काठमाडौंका १६ बस्तीबाट नौ दिनमा १५ हजार बढी विस्थापित भएका छन् । सरकारले विस्थापितहरूलाई विभिन्न ठाउँमा होल्डिङ सेन्टर बनाएर राखेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us