प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ प्रक्रिया आजबाट सुरु

काठमाण्डु टुडे २०८३ वैशाख २५ गते १५:१२ मा प्रकाशित

काठमाण्डू, २५ वैशाख– प्रधानन्यायाधीश सिफारिस भएका डा. मनोज शर्माको संसदीय सुनुवाइको प्रक्रिया आजैबाट सुरु हुने भएको छ । संसदीय सुनुवाइका लागि आज (शुक्रबार) दिउँसो ४ बजेका लागि बैठक बोलाइएको छ ।

सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको कार्यकक्षमा बैठक बस्न लागेको हो । बैठकमा प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने कार्यसूची तय भएको छ ।

शर्मालाई हिजो (बिहीबार) बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्ति गर्न सिफारिस गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us