समाचार

हुप्सेकोटका पहिरो विस्थापित पाँच वर्षदेखि अस्थायी शिविरमै

२०८३ असार ३१ गते १२:२०

नवलपरासी- बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरो विस्थापित १८ परिवार पाँच वर्षदेखि अस्थायी शिविरमै जीवन बिताउन बाध्य छन् । विसं २०७८ असार २४ गतेको भीषण पहिरोले बस्ती नै विस्थापित गरेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिए पनि स्थायी पुनःस्थापनाको प्रक्रिया अझै टुङ्गोमा पुग्न सकेको छैन ।...

एमाले विद्यार्थीद्वारा सिंहदरबार अगाडि मोटरसाइकल तेर्स्याएर प्रदर्शन

२०८३ असार ३१ गते ११:५०

प्रदर्शनका क्रममा सडकमा मोटरसाइकल तेर्स्याएर राखिँदा केहीबेर सवारी आवागमन प्रभावित भएको थियो । प्रहरी घटनास्थल पुगेर प्रदर्शनकारीलाई हटाएपछि यातायात पुनः सहज बनेको थियो । प्रदर्शनमा सहभागीहरूले ‘गरिबको आवाज दबाउन पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । मोटरसाइकल पार्किङमार्फत गरिएको उक्त प्रदर्शनले केही...

रौतहटमा २८ वर्षीय युवाद्वारा पेट्रोल छर्केर आत्मदाह प्रयास

२०८३ असार ३१ गते ११:३७

काठमाडौं- रौतहटमा एक युवाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदै आत्मदाहको प्रयास गरेका छन् । गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालका अनुसार गरुडा नगरपालिका–९ गमरिया टोलका २८...

कर्णालीमा कांग्रेसका सबै मन्त्रीद्वारा सामूहिक राजीनामा, एमाले नेतृत्वको सरकार संकटमा

२०८३ असार ३१ गते ११:१०

काठमाडौं-  कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना मन्त्रीले बुधबार सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन् । उनीहरूले मन्त्रिपरिषद् बैठक बस्नुअघि मुख्यमन्त्री यामलाल कडेललाई भेटेर राजीनामा बुझाएका हुन् । राजीनामा दिनेमा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह,...

राज्यले नागरिकलाई आतङ्कित बनाउने होइन: मनिष झा

२०८३ असार ३१ गते ११:०६

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा प्रतिनिधिसभा सदस्य मनिष झाले सञ्चार माध्यमका कार्यालय र नेताहरूको आवतजावत हुने स्थानमा निजी गाडी पार्किङ गरी अवरोध सिर्जना गरिएको घटनाप्रति आपत्ति जनाउँदै दोषीमाथि अनुसन्धान र कारबाही गर्न माग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले सञ्चार...

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार रुपैयाँ जरिबाना

२०८३ असार ३० गते २१:०३

काठमाडौं, ३० असार – नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई काठमाडौं जिल्ला अदालतले ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको छ । जिल्ला अदालत काठमाडौंले गत साता उक्त प्रकरणमा रायमाझीलाई ठगी, संगठित अपराध...

सरकारले भन्योः ट्राफिक जरिवाना ५० हजारसम्म हुन्छः तिर्न नसक्नेलाई श्रमदानमा लगाइन्छ

२०८३ असार ३० गते १९:०१

काठमाण्डु– सरकारले सवारी नियम उल्लंघनकर्तालाई ५० हजारसम्म जरिवाना लगाउने तयारीबाट पछि नहट्ने स्पष्ट गरेको छ मंगलबार प्रतिनिधिसभा बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकार आफ्नो योजनाबाट पछि नहट्ने स्पष्ट गरेका हुन् । सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम कडा बनाउनुको विकल्प नभएको तर्क उनको थियो...

हेटौंडाबाट काठमाण्डु जोड्ने दुई सडक बन्द

२०८३ असार ३० गते १८:५०

हेटौंडा — बाढीपहिरोको जोखिम बढेपछि हेटौंडाबाट काठमाण्डु जोड्ने दुई प्रमुख सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा–भैंसे–काठमाण्डु सडकखण्ड र हेटौंडाबाट काठमाण्डु जाने कान्ति राजमार्गमा मंगलबार साँझ ६ः३० बजेदेखि बुधबार बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने...

रातो पासपोर्ट दुरुपयोग प्रकरणः तीन संविधानसभा सदस्य दोषी ठहर

२०८३ असार ३० गते १८:४७

काठमाण्डु– रातो पासपोर्ट दुरुपयोग प्रकरणमा सरकारी कागजात किर्ते गरेको आरोपमा तीन संविधानसभा सदस्य दोषी ठहर भएका छन् । उनीहरुविरुद्धको जिल्ला अदालत काठमाण्डुको फैसला उच्च अदालत पाटनले सदर गरेको हो । न्यायाधीशद्वय खड्कबहादुर केसी र गोपालप्रसाद बास्तोलाको संयुक्त इजलासले संविधानसभाका सदस्यहरू गायत्री साह, विश्वनाथप्रसाद यादव...

रास्वपा सांसद् वैदिक भन्छन्ः आत्मदाह नागरिकको नभई राज्यको कमजोरी हो

२०८३ असार ३० गते १८:३८

काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् सुशान्त वैदिकले विगतका कमजोरी औंल्याएर वर्तमान सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गणेश नेपाली, अश्विन रावत र विवेक मण्डलको आत्मदाहको कारण राज्य प्रणाली भएको बताए । उनले आत्मदाहका घटनालाई केवल व्यक्तिगत...

उपराष्ट्रपति यादव कतार प्रस्थान

२०८३ असार ३० गते १८:२३

काठमाण्डु–उपराष्ट्रपति रामसहायप्रसाद यादव मंगलबार अपराह्न कतार प्रस्थान गरेका छन् । कतारका पूर्वअमिर शेखहमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक समवेदना व्यक्त गर्न उपराष्ट्रपति यादव कतारको तीनदिने औपचारिक भ्रमणमा प्रस्थान गरेका हुन् । उपराष्ट्रपति यादवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा सूचना तथा...

सञ्चार गृह अगाडि गाडी पार्किङ गरिएको घटनाः सरकारका प्रवक्ताले बोले सफेद झुठ

२०८३ असार ३० गते १८:२१

काठमाण्डू– सरकारले सोमबार विभिन्न सञ्चार गृहका गेट अगाडि गाडी पार्किङ गरेर तर्साउने खोज्नेहरुको खोजी जारी रहेको जिकिर गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले घटनामा सरकारको संलग्नता अस्वीकार गरे । उनले घटनामा संलग्नको खोजीमा सरकार लागेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us