काठमाण्डू, १३ असार– प्रहरीले सुर्खेतमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार लोकेन्द्रपुर घर भएका २२ वर्षीय मन्टु कुमार रहेको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जनाएको छ । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो...
विदुर, १३ असार– नुवाकोटको ककनीमा कोल्पु खोलाको बाढीले एक जना महिलालाई बगाएको छ भने एक घाइते भएका छन । नुवाकोटको ककनी गाउँपालिका–१ कागतीगाँउस्थित भसीबुमा शुक्रबार बिहान कोल्पु खोलामा आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ...
काठमाण्डू, १३ असार– सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या गरिएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ की निशा तामाङको सामूहिक बलात्कारपछि हत्या भएको हो । बलात्कारपछि हत्या गरेको उजुरीको आधारमा पाँच जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले जानकारी...
काठमाण्डू, १३ असार– आज (शुक्रबार) बसेको शिक्षा समितिको बैठकले निजी विद्यालयलाई कम्पनी वा गुठीमा सञ्चालन गर्न दिने प्रस्ताव पारित गरेको छ । समितिका सभापति अम्मरबहादुर थापाले गरेको प्रस्ताव बैठकले पारित गरेको हो। निजी विद्यालय सेवामुलक, लोककल्याणकारी र गैरनाफामुलक बनाएर जाने गरी सञ्चालन गर्ने विषय...
काठमाण्डू, १३ असार– यस बर्ष (०८१) माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज साझ ५ बजे प्रकाशन हुने भएको छ । परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शुक्रबार साँझ साढे ५ बजे एसईई नतिजा सार्वजनिक गर्ने जानकारी दिएका छन । ‘आजै पहिलो चरणको बोर्ड बैठक...
काठमाण्डू, १३ असार– आज बसेको केसी प्रदेश सभाको बैठकले कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८२–८३ का लागि प्रदेश सभामा प्रस्तुत गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट पारित गरेको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले सरकारले गत असार १ गते प्रस्तुत...
काठमाण्डू, १३ असार– काठमाण्डू भ्यु टावरको काम गरिरहेका व्यावसायी एवं ठेकेदार मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेको छ । पुरानो बसपार्कमा निर्माणाधीन काठमाण्डू भ्यू टावरको काम गरिरहेका व्यवसायी एवं ठेकेदार मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेको हो । ठेकेदार भेटवाललाई आज (शुक्रबार) काठमाण्डूको अनामनगरबाट पक्राउ गरिएको...
काठमाण्डू, १३ असार– पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जङ्गलमा ग्यास बुलेट र ट्रक एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन । घाइते हुनेमा ट्रकका सहचालक राप्ती नगरपालिका–२ का २४ वर्षीय प्रविन प्रजा र ग्यास बुलेट चालक भारतको बिहारका ४५ वर्षीय जगदेव यादज रहेको जिल्ला...
काठमाण्डू, १३ असार– पूर्व प्रधानमन्त्री एवै कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा एमालेसँग बेलाबखत असमझदारी भइरहने तर्क गरेका छन । आज (शुक्रबार) चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै सभापति देउवाले यस्तो तर्क गरेका हुन । सभापति देउवाले कांग्रेस–एमाले फरक दल भएकाले इश्युपिच्छे...
काठमाण्डू, १३ असार– काभ्रेको बनेपा नगरपालिका– १२ बाँसडोलमा छानोबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चाइनिज इट्टाभट्टामा काम गर्ने रोल्पा जिल्ला मादी ६ का वर्ष ४२ को अमृत घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जानकारी दिएको छ । उनी सोही भट्टामा...
काठमाण्डू, १३ असार– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा जारी सचिवालय बैठकमा पार्टीले चलाउन लागेको देशव्यापी अभियान, केही जिल्लाहरूमा बाँकी रहेको जिल्ला अधिवेशन सम्पन्न गर्ने बारे छलफल हुने पार्टी महासचिव घनश्याम भूसालले जानकारी दिएका छन । पार्टी स्रोतका...
काठमाण्डू, १३ असार– निजी विद्यालयहरू सार्वजनिक गुठीमा जान चाहे विभिन्न छुट तथा सुविधा दिने प्रस्तावमाथि बहस सुरु भएको छ । आज (शुक्रबार) प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शुक्रबारको बैठकमा यस्तो प्रस्तावमाथि छलफल अघि बढेको हो । समितिको बैठकमा सभापति अम्मरबहादुर...