समाचार

महिला र पुरुष मृत फेला

२०८१ भदौ २५ गते १५:१४

काठमाण्डु, २५ भदौ– काठमाण्डुमा दुईवटा शव भेटिएको छ । काठमाण्डु महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेस्ट हाउसमा एक जना र कीर्तिपुरमा एक जनाको शव भेटिएको हो । सर्लाहीको हरिपुर नगरपालिका–८ का ६५ वर्षीय शशीकुमार लाल कर्णको गेस्टहाउमा र कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित बाग्मती नदी किनार छेउमा नाम,...

काठमाण्डुमा दुई शव भेटियो

२०८१ भदौ २५ गते १५:१३

काठमाण्डु, २५ भदौ– काठमाण्डुमा दुईवटा शव भेटिएको छ । काठमाण्डु महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेस्ट हाउसमा एक जना र कीर्तिपुरमा एक जनाको शव भेटिएको हो । सर्लाहीको हरिपुर नगरपालिका–८ का ६५ वर्षीय शशीकुमार लाल कर्णको गेस्टहाउमा र कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित बाग्मती नदी किनार छेउमा नाम,...

७० करोड प्रकरण सम्झिँदै गोकुल बाँस्कोटाले मागे उपसभामुखको राजीनामा

२०८१ भदौ २५ गते १५:०८

काठमाण्डु, २५ भदौ– एमाले सांसद गोकुल बाँस्कोटाले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै बाँस्कोटाले नैतिकतामा प्रश्न उठेकले भन्दै मार्ग प्रशस्त गर्न रानामगरलाई सुझाए । आफूमाथि प्रश्न उठ्दा मन्त्री पदबाट राजीनामा दिएको स्मरण उनले गरे । राजनीतिक व्यक्तित्वहरूसँग प्रश्न उठेपछि...

माओवादीले भन्योः उपसभामुखले राजीनामा दिनुपर्ने भए वाइडबडी, बालुवाटार र गिरीबन्धु प्रकरणमा नाम मुछिएकाले राजीनामा दिनुपर्छ

२०८१ भदौ २५ गते १५:००

काठमाण्डु, २५ भदौ– नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने सत्ता पक्षको तयारीप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै पोडेलले त्यसो गरिनु लोकतन्त्रमाथिको प्रहार भएकाले आफूहरु प्रतिवादमा उत्रने चेतावनी दिए । लोकतन्त्र भनेको समझदारी, विश्वास र सहकार्यको संस्कृति भए...

उपसभामुख हटाउने खोजिएको विषयमा माओवादीले माग्यो जवाफ

२०८१ भदौ २५ गते १४:१७

काठमाण्डु, २५ भदौ– प्रतिपक्षी नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन खोजिएको विषयमा जवाफ माग गरेको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा शून्य समयमा माओवादी प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुखलाई नहटाउन माग गरे । ‘उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कुरा मिडियामा हेरियो ।...

रवि लामिछानेविरुद्ध पोखरामा प्रदर्शन, कालो झण्डा देखाइयो

२०८१ भदौ २५ गते १४:०८

पोखरा, २५ भदौ– सहकारी बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखरामा कालोझण्डा देखाएका छन् । पार्टीको गण्डकी प्रदेश बैठकमा सहभागी हुन आएका लामिछानेलाई बिरौटामा मंगलबार नाराबाजीसहित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले कालो झण्डा देखाएका हुन् । उनीहरुले लामिछाने सहकारी ठग...

विमानस्थलबाट अवैध सुनसहित दुई जना पक्राउ

२०८१ भदौ २५ गते १३:५६

काठमाण्डु, २५ भदौ– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ परेका छन् । विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ क्षेत्रबाट प्यूठान सरूमारानी गाउँपालिका–१ बाङ्गेसारका ३१ वर्षीय समीर अहमद र खोटाङ दिपरूङ गाउँपालिका–५ का ३० वर्षीय देवराज खत्रीलाई मंगलबार पक्राउ गरेको हो । उनीहरुमध्ये समीर हिमालय...

रास्वपाद्वारा काँग्रेस–एमालेलाई चेतावनीः याद राख्नुस् सधैं तपाईंहरुले जित्नुहुनेछैन, आफैंले खनेको खाल्डोमा पर्नुहुनेछ

२०८१ भदौ २५ गते १३:५०

काठमाण्डु, २५ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरलाई आचरणको विषय उठाएर हटाउने तयारी गरेको विषयमा आपत्ति जनाएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सत्तारुढ पार्टी र सरकार लोकतन्त्रमाथि आक्रमण गर्न उद्धत रहेको आरोप लगाए । संवैधानिक...

उपसभामुख हटाउन खोजेपछि माओवादी र रास्वपाको काउण्टर प्लानः तीन नागरिकता र दुई पासपोर्ट बोकेको आरोप लागेका संसदका महासचिवतिर सुई

२०८१ भदौ २५ गते १३:२०

काठमाण्डु, २५ भदौ– सत्तारुढ काँग्रेस र एमालेले उपसभामुख इन्दिरा राना मगरलाई आचरणविरुद्धको अभियोगमा हटाउने तयारी गरेपछि प्रतिपक्षी माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काउण्टर योजना बनाएका छन् । उनीहरुले संघीय संसदका महासचिव पदमप्रसाद पाण्डेयलाई हटाउनुपर्ने प्रस्ताव अघि सार्ने भएका छन् । पाण्डेयलाई...

एमालेले आफ्ना सांसदलाई भन्योः राजनीति फरक ढंगले अघि बढ्न सक्छ, काठमाण्डु नछाड्नु

२०८१ भदौ २५ गते १२:५०

काठमाण्डु, २५ भदौ– एमालेले आफ्ना सांसदलाई आगामी ३ असोजसम्म राजधानी नछाड्न निर्देशन दिएको छ । राजनीतिक परिस्थिति फरक ढंगले अघि बढ्न खोजेको भन्दै एमालेले सांसदहरुलाई काठमाण्डु नछाड्न भनेको हो । सांसदहरुलाई पठाइएको सन्देशमा राजनीतिमा जस्तोसुकै परिस्थिति आउन सक्ने उल्लेख छ । ‘जस्तोसुकै परिस्थिति आउन...

ओली सरकार दलाल र बिचौलियाले अंध्यारो कोठामा बनाइदिएका हुन्ः प्रचण्ड

२०८१ भदौ २५ गते १२:२७

काठमाण्डु, २५ भदौ- माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकार दलाल र बिचौलियाहरूले बनाइदिएको आरोप लगाएका छन् । सिरहाको मिर्चैयामा मंगलबार आयोजित कार्यकर्ता भेटघाटमा उनले भ्रष्टाचारीहरूलाई कारबाही र सुशासनका पक्षमा अभियान अघि बढाएपछि कांग्रेस-एमाले नेताले भयभित भएर दलाल र...

उपसभामुख रानालाई हटाउने कांग्रेस-एमालेको तयारी

२०८१ भदौ २५ गते १२:१२

काठमाण्डू, २५ भदौ- सत्तारूढ घटक दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेका छन् । सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठकमा प्रधानमन्त्री केपी ओलीले उपसभामुख रानालाई हटाउनुपर्ने प्रस्ताव गरेका थिए । स्रोतका अनुसार संवैधानिक परिषदमा आफू अनुकुल निर्णयका लागि रानालाई पदीय आचरण...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us