काठमाण्डु, २४ भदौ– ललितपुरमा २३ महिनाकी छोरीको हत्या आरोपमा आमा पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काभ्रेको पनौती घर भई कोन्ज्योसोम गाउँपालिका–३ दलचोकीकी २१ वर्षीया प्रमिला भण्डारी रहेको प्रहरीले जनाएको छ । ललितपुर प्रहरी परिसरका एसपी नरेशराज सुवेदीका अनुसार प्रमिलाले २७ साउनमा छोरी पृन्सिका...
काठमाण्डु, २४ भदौ– पृथ्वी राजमार्गअन्तर्गत धादिङ धुनिबेसी नगरपालिका–९ स्थित खत्रीपौवामा पहिरो जाँदा त्रिभुवन राजमार्ग अवरुद्ध भएको छ । नागढुंगा सुरूङमार्ग नजिकै सोमबार साँझ ६ बजेतिर माथिबाट लेदोसहितको पहिरो खस्दा राजमार्ग अवरूद्ध भएको हो । प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक हेम थपलियाले भारी वर्षाका कारण...
काठमाण्डु, २४ भदौ– सर्वोच्च अदालतले कोरोना बीमाको रकम माग गर्दै बीमा कम्पनीले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सोमबार रिटमा परमादेश जारी गरेको हो । बीमा कम्पनीका तर्फबाट निर्जीवन बिमा कम्पनीको छता संस्था नेपाल...
काठमाण्डु, २४ भदौ– प्रतिनिधिसभाले नेपाल विश्वविद्यालय विधेयक पारित गरेको छ । सोमबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । सभामुख देवराज घिमिरेले उक्त प्रस्ताव बहुमतबाट पारित भएको घोषणा गरे । त्यसअघि मन्त्री भट्टराईले शिक्षा, स्वास्थ्य...
काठमाण्डु, २४ भदौ– नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका छन् । सोमबार वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएको पोखरेलले बताएका छन् । राजीनामा दिनुअघि पोखरेलले विष्टलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका छन् । सदस्यता विवाद लगायत कारण महासंघको निर्वाचन गराउन नसकेका कारण राजीनामा...
काठमाण्डु, २४ भदौ– सहकारीको बचत अपचलन सम्बन्धमा छानबिन गर्न प्रतिनिधिसभाले गठन गरेको छानबिन समितिका सभापति एमाले सांसद सूर्य थापाले काँग्रेस उपसभापति धनराज गुरुङविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) मा सहकारी ठगी गरेको आरोपमा उजुरी परेको विषय जानकारीमा रहेको बताएका छन् । थापाले लतितपुर महालक्ष्मीस्थानमा...
काठमाण्डु, २४ भदौ–काँग्रेस उपसभापति एवं सांसद् धनराज गुरुङले आफूविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) मा सहकारीका बचतकर्ताको रकम अपचलन गरेको विषयमा उजुरी परेको स्वीकार गरेका छन् । यद्यपि गुरुङले आफूले सहकारीबाट कुनै रकम नलिएको बताए । प्रतिनिधिसभाको सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद...
काठमाण्डु, २४ भदौ– लुम्बिनी प्रदेशका कांग्रेस सांसद धनबहादुर केसी (डिबी) जेल नबसी रिहा भएका छन् । सजाय बापत रकम तिरेर उनी पक्राउ परेको भोलिपल्टै छुटेका हुन् । सरकारी कागज कीर्ते मुद्दामा अदालतबाट दोषी ठहर भई एक वर्ष कैद सजाय तोकिएका केसीलाई प्रहरीले आइतबार पक्राउ...
काठमाण्डु, २४ भदौ– कांग्रेस सांसद धनराज गुरूङ र ज्योति गुरूङविरूद्ध सहकारी बचत ठगीमा उजुरी परेको विषय प्रतिनिधिसभा बैठकमा उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद गणेश पराजुलीले सोमबारको प्रतिनिधिसभा बैठकमा गुरुङविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा उजुरी परेको दाबी गरे । सहकारीको...
काठमाण्डु, २४ भदौ– उपत्यकाका बागमती, विष्णुमति र मनोहरासहित सहायक नदी आसपास बसोबास गर्नेहरुले सर्वोच्च अदालतका न्यायाधीशहरू आनन्दमोहन भट्टराई र विनोद शर्मालाई महाभियोग लगाउन माग गरेका छन् । उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहले सर्वोच्च सोमबार प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र...
धनगढी, २४ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट गलत तरिकाले रकम गएको स्वीकार गरेका छन् । पार्टीको सुदूरपश्चिम प्रदेशको बैठकका लागि धनगढी आइपुगेका लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै गोर्खा मिडियामा गलत ढंगबाट सहकारीको रकम गएको विषय स्थापित भएको बताए...
काठमाण्डु, २४ भदौ– प्रधानमन्त्री केपी ओलीले पृष्ठभूमि नभएका ‘भुइँफुट्टा’ हरूले राष्ट्रिय एकता खल्बल्याउने प्रयास गरिरहेको आरोप लगाएका छन् । ओलीले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई लक्षित गरी तल्लोस्तरको ‘भुइँफुट्टा’ शब्द प्रयोग गरेका हुन् । काठमाण्डु उपत्यकाका बागमती, विष्णुमति, मनोहरासहित सहायक नदीको दुवैतर्फ...