खत्री पौवामा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाण्डु टुडे २०८१ भदौ २४ गते १९:५८ मा प्रकाशित

काठमाण्डु, २४ भदौ– पृथ्वी राजमार्गअन्तर्गत धादिङ धुनिबेसी नगरपालिका–९ स्थित खत्रीपौवामा पहिरो जाँदा त्रिभुवन राजमार्ग अवरुद्ध भएको छ ।

नागढुंगा सुरूङमार्ग नजिकै सोमबार साँझ ६ बजेतिर माथिबाट लेदोसहितको पहिरो खस्दा राजमार्ग अवरूद्ध भएको हो ।

प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक हेम थपलियाले भारी वर्षाका कारण लेदोसहितको पहिरो खसेको बताए ।

स्काभेटरको सहायतामा अवरुद्ध राजमार्ग सुचारु गराउने प्रयास भए पनि लेदो खस्न नरोकिएकाले काम अघि नबढेको प्रहरीले जनाएको छ ।

पहिरोका कारण राजमार्गका दुवैतर्फ दर्जनौं सवारी साधन रोकिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us