समाचार

ओली शासन र राणा शासन उस्तैः सुमना श्रेष्ठ

२०८१ भदौ २४ गते १३:४८

काठमाण्डु, २४ भदौ– रास्वपा संसद् एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले कृषि तथा वन विज्ञान विश्वविद्यालयमा परीक्षा रोकिएको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीको दिक्षान्त समारोह रोकिएकामा सरकारसँग जवाफ माग गरेकी छन् । प्रतिनिधिसभाको आकस्मिक बैठकमा सोमबार श्रेष्ठले प्रधानमन्त्री केपी ओलीको दल एमाले र गृहमन्त्री रमेश...

पाँचथर बम विस्फोटको जिम्मा माओवादीले लिनुपर्छः एमाले

२०८१ भदौ २४ गते १३:३१

काठमाण्डु, २४ भदौ– एमालेले पाँचथरको फालेलुङ–५ प्राङबुङस्थित डाँडागाउँमा वम विस्फोटमा परी दुई बालबालिकाको ज्यान गएको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले गम्भीरताका साथ घटना अनुसन्धान गर्न माग गरे । ‘यस घटनामा दोषी को...

मोटरसाइकल खोलाले बगाउँदा दुईको मृत्यु

२०८१ भदौ २४ गते ११:५३

रुकुमपश्चिम, २४ भदौ– रुकुम पश्चिमको मुसिकोट नगरपालिका–६ स्थित रम्मा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । मुसिकोट–६ की ३० वर्षीया निर्मला केसी थापा र सोही नगरपालिका–४ का ५० वर्षका सर्जन पुनको बगेर मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी...

चुनाव हारेकी चित्रलेखालाई अष्ट्रेलियाको राजदूत बनाइँदै

२०८१ भदौ २४ गते ११:०१

काठमाण्डु, २४ भदौ– काँग्रेसले पार्टी केन्द्रीय सदस्य चित्रलेखा यादवलाई अष्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस गर्ने तयारी गरेको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले यादवलाई राजदूत नियुक्तिका लागि आगामी मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी गरेको परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ । यसअघि अष्ट्रेलियाका लागि राजदूत...

राष्ट्रपतिद्वारा प्रधानसेनापतिलाई दर्ज्यानी चिह्न प्रदान

२०८१ भदौ २४ गते १०:४७

काठमाण्डु, २४ भदौ– राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । नेपाली सेनाका परमाधिपतिसमेत रहेका पौडेलले सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहबीच सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरे । राष्ट्रपतिले प्रधानसेनापति सिग्देललाई पद तथा गोपनीयताको शपथ ग्रहणसमेत...

बालेनले स्वीकार गरेको अदालतको फैसला, उपत्यकाका अरु नगरपालिकाद्वारा अस्वीकार

२०८१ भदौ २४ गते १०:०१

काठमाण्डु, २४ भदौ– काठमाण्डु उपत्यका मेयर्स फोरमले बागमती, विष्णुमति, मनोहरा र सहायक नदी किनाराका बस्तीमा थप २० मिटर मापदण्ड बढाउन सर्वोच्च अदालतले दिएको आदेश पुनरावलोकन हुनुपर्ने माग गरेको छ । फोरमको आइतबार बसेको बैठकले सर्वोच्चको आदेशअनुसार नयाँमापदण्ड लागू भए धेरै सर्वसाधारण मर्कामा पर्ने निस्कर्ष...

सिन्धुलीको विद्यालयमा विद्यार्थीको मृत्यु, धनुषामा जक्काजाम गरेर प्रदर्शन

२०८१ भदौ २४ गते ९:५०

धनुषा, २४ भदौ– सिन्धुलीको एक विद्यालयमा विद्यार्थीको मृत्यु भएको विषयलाई लिएर जनकपुरमा आन्दोलन भएको छ । जनकपुर–ढल्केवर सडखण्डअन्तर्गत लक्ष्मिनियाँ गाउँपालिका–४ सपहीमा स्थानीयले सडक अवरुद्ध गर्दै बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । सिन्धुलीको कमलामाई नगरपालिकास्थित भगवतीमाई इंग्लिस माध्यमिक विद्यालयको कक्षा ८ का विद्यार्थी १४ वर्षीय रजनिश...

कन्टेनरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

२०८१ भदौ २४ गते ९:३४

चितवन, २४ भदौ– चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । चितवन प्रहरीका अनुसार वीरगन्जबाट कुखुराको दाना लिएर भरतपुरतर्फ आइरहेको ना८ख २८१८ नम्बरको कन्टेनरले विपरीत दिशामा रहेको बागमती प्रदेश०६–००३प ४८५१ नम्बरको मोटरसाइकल सोमबार बिहान रत्ननगर नगरपालिका–३ शान्तिचोकमा ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल...

सुर्खेत उडेको श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

२०८१ भदौ २४ गते ९:२०

काठमाण्डु, २४ भदौ– काठमाण्डुबाट सोमबार बिहान सुर्खेत उडेको श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण गरिएको छ । उडेको केही समयै विमान बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण भएको हो । जहाजमा प्राविधिक समस्या आएकाले अवतरण गराइएको श्री एयर व्यवस्थापनले जनाएको छ । जहाजमा ‘नोज...

डा. रामेशबारे योगेश भट्टराईको नमिठो टिप्पणीः उहाँ मुटुको डाक्टर तर, चरा र कमिलाको पनि विज्ञ

२०८१ भदौ २४ गते ८:२८

काठमाण्डु, २४ भदौ– एमाले सचिव योगेश भट्टराईले सामाजिक सञ्जाल एक्समा भाइरल हुँदै आएका मुटुरोगका विशेषज्ञ डा. रामेश कोइरालाबारे कडा टिप्पणी गरेका छन् । हिमालय टिभीको टक शो ‘यक्ष प्रश्न’ मा राजेन्द्र बानियाँसँगको अन्तर्वर्तामा भट्टराईले डा. रामेशलाई मुटुबाहेक केही थाहा नभए पनि सबै विषयको ज्ञाता...

डेंगीबाट झापामा दुई जनाको मृत्यु

२०८१ भदौ २४ गते ८:०३

झापा, २४ भदौ– डेंगी सङ्क्रमणका कारण झापामा दुईजनाको ज्यान गएको छ । हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का ८ वर्षीय आलोकजङ्ग बस्नेतको डेंगी संक्रमणका कारण ज्यान गएको हो । झापामा साउनयता मात्र डेंगी सङ्क्रमितको सङ्ख्या १ सय २८ पुगिसकेको छ...

राति फेसबुकमा लेख्दै प्रधानमन्त्री ओलीले तोके कर्मचारीको खाजा खाने समय

२०८१ भदौ २४ गते ७:५२

काठमाण्डु, २४ भदौ– प्रधानमन्त्री केपी ओलीले सरकारी कर्मचारीको खाजा खाने समय घटाएका छन् । ओलीले आइतबार राति फेसबुकमार्फत सरकारी कर्मचारीलाई खाजाका लागि आधा घण्टा मात्र समय छुट्याइएको बताए । खाजा समय लामो भएका कारण सेवाग्राही मर्कामा परेकाले त्यसको समय घटाइएको ओलीको भनाइ छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us