रुकुमपश्चिम, २४ भदौ– रुकुम पश्चिमको मुसिकोट नगरपालिका–६ स्थित रम्मा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ ।
मुसिकोट–६ की ३० वर्षीया निर्मला केसी थापा र सोही नगरपालिका–४ का ५० वर्षका सर्जन पुनको बगेर मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए ।
मोटरसाइकलमा सवार उनीहरुलाई आइतबार साँखबाट कानेबाङतर्फ जाँदै गर्दा खोलाले बगाएको थियो । शाहीका अनुसार मोटरसाइकल निर्मलाले चलाएकी थिइन् । पुनको शव २० मिटर तल निर्मलाको शव तीन सय मिटर तल आइतबार बिहान भेटिएको थियो ।