समाचार

राति फेसबुकमा लेख्दै प्रधानमन्त्री ओलीले तोके कर्मचारीको खाजा खाने समय

२०८१ भदौ २४ गते ७:५२

काठमाण्डु, २४ भदौ– प्रधानमन्त्री केपी ओलीले सरकारी कर्मचारीको खाजा खाने समय घटाएका छन् । ओलीले आइतबार राति फेसबुकमार्फत सरकारी कर्मचारीलाई खाजाका लागि आधा घण्टा मात्र समय छुट्याइएको बताए । खाजा समय लामो भएका कारण सेवाग्राही मर्कामा परेकाले त्यसको समय घटाइएको ओलीको भनाइ छ ।...

मोटरसाइकल नालीमा खस्दा चालकको मृत्यु

२०८१ भदौ २४ गते ७:४४

पश्चिम नवलपरासी, २४ भदौ– पश्चिम नवलपरासीस्थित सुनवल नगरपालिका–१२ फरौलीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । लु१७प ८७८८ नम्बरको मोटरसाइकल राति करिब साढे १० बजेतिर दुर्घटना हुँदा मोटरसाइकल चालक सुनवल नगरपालिका–९ स्वाठीका २६ वर्षीय रामनाथ कंवरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर...

ओली र देउवासहित सत्ता पक्षको बैठक बस्दै

२०८१ भदौ २४ गते ७:३६

काठमाण्डु, २४ भदौ– सत्तारुढ काँग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । सत्तारुढ दलहरुको प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्ने तय भएको हो । प्रधानमन्त्री केपी ओलीको सचिवालयले दिएको जानकारीअनुसार बैठकमा सरकारका कामको मूल्यांकन तथा सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम निर्माण...

शक्ति केन्द्र धाउने प्रहरीमाथि कारबाहीको तयारी

२०८१ भदौ २३ गते १८:५८

काठमाण्डु, २३ भदौ– नेपाल प्रहरीले राजनीतिक व्यक्ति तथा शक्तिकेन्द्रसँगको भेटघाटमा कडाई गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार मातहत कार्यालयमा परिपत्र गर्दै उच्च अधिकारीको अनुमतिबिना घेटघाट नगर्न निर्देशन दिएको हो । त्यस्ता भेटघाट गर्नुपरेमा प्रयोजन खुलाई पूर्वस्वीकृति लिनुपर्ने सर्कुलरमा उल्लेख छ । परिपत्रमा...

नुहाउने क्रममा दिदीबहिनीलाई नदीले बगायो

२०८१ भदौ २३ गते १८:४७

धनगढी, २३ भदौ– धनगढीमा नुहाउन गएका दिदीबहिनी नदीमा डुबेका छन् । आइतबार दिउँसो करिब १ बजे धनगढी उपमहानगरपालिका–७ र १५ को बीचमा पर्ने बेली पुलनजिकैको खुटिया नदीमा नुहाउन गएका दिदीबहिनी नदीमा डुबेका थिए । प्रहरीका अनुसार नदीमा डुब्नेमा धनगढी उपमहानगरपालिका–१४ जी गाउँका १६ वर्षीया...

चार वर्ष मजदुरी गरेर नेपाल फर्कन लाग्दा एयरपोर्टमै मृत्यु

२०८१ भदौ २३ गते १८:४३

मलेसिया, २३ भदौ– मलेसियाबाट घर फर्कंदै गरेका एक नेपालीको क्वालालाम्पुर विमानस्थलमा मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–११ बेलगनारका रूपलाल चौधरी छन् । वैदेशिक रोजगारीका सिलसिलामा चार वर्षअघि मलेसिया गएका चौधरी आइतबार नेपाल आउँदै थिए । बोर्डिङ पास लिएर प्रतीक्षालयमा बसेका बेला...

प्रहरी जवान नै लुटेरा !

२०८१ भदौ २३ गते १८:३५

ललितपुर, २३ भदौ– लुटपाट आरोपमा ललितपुरबाट प्रहरी जवानसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरीको महाराजगन्ज वृत्तमा कार्यरत जवान डम्मलाल उपाध्याय, खोटाङका ३३ वर्षीय विकाश श्रेष्ठ र रामेछापका २८ वर्षीय मनोज भुजेज छन् । गत २९ साउनमा सातदोबाटो नजिकै दिउँसै एक व्यक्तिमाथि...

बाबा रामदेवको निमन्त्रणमा भरतपुरका मेयर रेनु दाहाल भारतमा

२०८१ भदौ २३ गते १७:२०

काठमाण्डु, २३ भदौ– चितवनको भरतपुर महानगरपालिका मेयर तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल बाबा राम देवको निमन्त्रणामा भारत पुगेकी छिन् । पूर्वप्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री समेत रहेकी दाहाल पतञ्जलि योग पीठका रामदेवद्वारा प्रवर्द्धित ‘हाम्रो स्वाभिमान ट्रस्ट’ द्वारा आयोजित...

नेपाललाई विश्वसामु चिनाउने कडीको रूपमा खेल क्षेत्रलाई लिनुपर्छ: सभापति देउवा

२०८१ भदौ २३ गते १७:१४

काठमाण्डु, २३ भदौ– पूर्व प्रधानमनत्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले पेरिस पारालिम्पिकमा नेपालले प्राप्त गरेको कांस्य पदकले देश कै इज्जत बढेको बताएका छन । आज (आइतबार) पार्टी कार्यालयमा आयोजित सम्मान कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन । उनले नेपाली पारा तेक्वान्दो खेलाडी...

आत्मसमर्पणपछि लुम्बिनीका सांसद धनबहादुर केसी कारागार चलान

२०८१ भदौ २३ गते १६:५१

काठमाण्डु, २३ भदौ– लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी ले आत्मसमर्पण गरेका छन । आज आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर कांग्रेस सांसद केसीले आत्मसमर्पण गरेका छन । उनलाई आजै कारागार चलान गरेको प्रहरीले जानकारी दिएको छ । सांसद केसीलाई अदालतमा उपस्थित गराइएको र आइतबार...

चेक अनादर मुद्दामा दोषी ठहर भए पाँच प्रतिशत जरिवानासहित दुई वर्षसम्म कैद सजाय

२०८१ भदौ २३ गते १६:४४

काठमाण्डु, २३ भदौ– अबबाट चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने भएको छ । आज आइतबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफलमा उक्त सहमति भई सर्वसम्मत रूपमा पारित...

घुम्न जाने भन्दै सुन्दरीजल पुर्‍याएर प्रेमिकाको हत्या

२०८१ भदौ २३ गते १५:५८

काठमाण्डु, २३ भदौ– काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा मृत फेला परेकी युवतीको हत्या भएको खुलेको छ । हत्या भएकी महिला सिरहा घर भई काठमाण्डुको बसुन्धारा बस्दै आएकी राम दुलारी रहेको प्रहरीको जनाकारी दिएको छ । टाउकामा चोट देखिएपछि घटनाको अनुसन्धानलाई थप तीव्रता दिएको प्रहरीले राम...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us