चार वर्ष मजदुरी गरेर नेपाल फर्कन लाग्दा एयरपोर्टमै मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ २३ गते १८:४३ मा प्रकाशित

मलेसिया, २३ भदौ– मलेसियाबाट घर फर्कंदै गरेका एक नेपालीको क्वालालाम्पुर विमानस्थलमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–११ बेलगनारका रूपलाल चौधरी छन् ।

वैदेशिक रोजगारीका सिलसिलामा चार वर्षअघि मलेसिया गएका चौधरी आइतबार नेपाल आउँदै थिए ।

बोर्डिङ पास लिएर प्रतीक्षालयमा बसेका बेला हृदयघात भएर रुपलालको ज्यान गएको मलेसियामै रहेका उनका भाई लोकमणि चोधरीले परिवारलाई खबर गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us