काठमाण्डु, २३ भदौ– पूर्व प्रधानमनत्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले पेरिस पारालिम्पिकमा नेपालले प्राप्त गरेको कांस्य पदकले देश कै इज्जत बढेको बताएका छन ।
आज (आइतबार) पार्टी कार्यालयमा आयोजित सम्मान कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन । उनले नेपाली पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धनले कांस्य पदक हासिल गरेर राष्ट्रकै इज्जत बढाएको भन्दै आगामी दिनको सफलताको लागि शुभकामना दिएका छन ।
उनले भने,‘ नेपालको इतिहासमा अन्तर्राष्ट्रियस्तरको कांस्य पदक प्राप्त हुनुले पनि नेपालकै इज्जत बढेको छ । त्यसका लागि भोलिका दिनमा नेपाली खेलाडी अझ बढी उत्साहित हुन्, अझ बढी तपाईंलाई सफलता मिलोस् भन्ने कामना गर्न चाहन्छु।’ खेलकुद क्षेत्रको विकासका लागि नेपाली कांग्रेस सदैव प्राथमिकताका साथ सहयोग गरिरहेको छ ।
आगामी दिनमा पनि अझ सशक्त ढङ्गले अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ सभापति देउवाले खेलाडीहरू देशका गहना भएको भन्दै नेपाललाई विश्वलाई चिनाउने कडीको रूपमा खेलकुद क्षेत्रलाई लिनुपर्ने पनि बताएका छन ।