समाचार

पाँचथर बम विस्फोटका घाइतेको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय

२०८१ भदौ २५ गते ८:४८

पाँचथर,२५ भदौ- पाँचथरको फालेलुङ गाउँपालिका- ५ डाँडागाउँमा बेवारिसे बम विस्फोटमा परी घाइते भएका दुई बालकको सरकारले निःशुल्क उपचार गर्ने भएको छ । सोमबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले बम विस्फोटमा घाइते भएका पवन राई र दिप्सन राईको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।कीर्तिपुरस्थित बर्न...

सत्ता गठबन्धन बैठकमा ओलीले भनेः प्रचण्डले बालेन र दुर्गा प्रसाईंलाई उचालेका छन्

२०८१ भदौ २५ गते ८:०२

काठमाण्डु, २५ भदौ– सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र मेडिकल बलेज व्यवसायी दुर्गा प्रसाईंलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उचालेको निस्कर्ष निकालेको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको काँग्रेस–एमालेसहित सत्ता गठबन्धनका नेताहरुको बैठकले उक्त निस्कर्ष...

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार भन्छन्ः १० रुपैयाँको चिया पिउँदा११ रुपैयाँ ३० पैसा थप शुल्क ?, यो भएन

२०८१ भदौ २५ गते ७:४७

काठमाण्डु, २५ भदौ– प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पाँच हजार रुपैयाँसम्मको अनलाइन भुक्तानीमा शुल्क नलाग्ने व्यवस्था गुर्नपर्ने बताएका छन् । रिमालले सामाजिक सञ्जालमार्फत उक्त प्रस्ताव गरेका हुन् । सानातिना कारोबारमा समेत ११ रुपैयाँ ३० पैसा शुल्क लाग्ने व्यवस्था हटाइनुपर्ने उनको भनाइ...

रोल्पाको थवाङमा बन्दुकको कुन्दाले हिर्काएर वृद्धको मृत्यु

२०८१ भदौ २५ गते ७:३९

रोल्पा, २५ भदौ– रोल्पाको थवाङ गाउँपालिका–२ जाजरकोट टोलमा वृद्धको हत्या भएको छ । स्थानीय ७१ वर्षीया सारू रोकाको सोमबार राति हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले हत्या आरोपमा ३५ वर्षीय रामकुमार रोकालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मदिरा सेवन...

पहिरो पन्छाएपछि रातभर बन्द रहेको पृथ्वी राजमार्ग खुल्यो, नागढुंगामा लामो लाइन

२०८१ भदौ २५ गते ७:३२

काठमाण्डु, २५ भदौ– धादिङको धुनिबेसी नगरपालिका–९ खत्रीपौवामा सोमबार साँझ पहिरो खसेर अवरूद्ध भएको त्रिभुवन राजमार्ग सञ्चालनमा आएको छ । साँझ ६ बजेतिर नागढुंगा सुरूङमार्ग नजिकै लेदोसहितको पहिरो खस्दा काठमाण्डु प्रवेश गर्ने र बाहिरिने प्रमुख नाका ठप्प भएको थियो । मंगलबार बिहानैदेखि दुईतर्फी सडक सञ्चालनमा...

काँग्रेस बिग्रन लागेको घर हो, सबै मिलेर सम्हाल्नुपर्छः गगन थापा

२०८१ भदौ २४ गते २०:४७

चितवन, २४ भदौ– कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस सबैको साझा घर रहेको भन्दै बिग्रिन लागेको घर सबै मिलेर सम्हाल्नुपर्ने बताएका छन् । सोमबार चितवनमा कांग्रेसले जननायक वीपी कोइरालाको १११औँ जन्मजयन्तीको अवसरमा गरेको विशेष सम्मान कार्यक्रममा महामन्त्री थापाले कांग्रेस सबैको घर भएको र आफूहरूले त्यसलाई...

सरकारमा बसेर गरेको काममा ममाथि कसैले दाग लगाउन सक्दैनः प्रचण्ड

२०८१ भदौ २४ गते २०:३८

सप्तरी, २४ भदौ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू बेदाग सरकारबाट बाहिरिएको बताएका छन् । सप्तरीको सुरुङ्गा नगरपालिका–२ रक्साहामा माओवादी सशस्त्र जनयुद्धका शहीदहरु दुर्गाराज पौडेल र उपेन्द्र कोइरालाको शालिक अनावरण गर्दै सोमबार उनले सरकारमा बसेर गरेका कामबारे आफूमाथि कसैले दाग लगाउन नसक्ने दाबी...

माओवादी केन्द्रको कोशी प्रदेश परामर्श बैठक सकियो, ७० नेताले दिए सुझाव

२०८१ भदौ २४ गते २०:३०

उदयपुर, २४ भदौ-नेकपा माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक सोमबार सकिएको छ । उदयपुरको बेलका नगरपालिकामा दुई दिनसम्म चलेको बैठकमा प्रदेशका कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ७० जनाले सुझाव दिए । पार्टी सुदृढीकरणका लागि केन्द्रबाट ठोस कार्यक्रम बनाएर संगठन विस्तार र...

माओवादी र रास्वपासँग छलफल गर्ने सत्तापक्षको निर्णय

२०८१ भदौ २४ गते २०:२४

काठमाण्डु, २४ भदौ– सत्तारुढ दलहरुले संविधान संशोधनका लागि बृहत् छलफल गर्ने भएका छन् । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली,काँग्रेस सभापति शेरबहादुर देउवालगायत सत्ता पक्षका नेताबीच सोमबार साँझ बालुवाटारमा छलफल भएको थियो । काँग्रेस र एमालेबीच गत १७ असारमा सत्ता साझेदारीसहित संविधान संशोधन गर्ने...

रिसको झोकमा दुई थप्पड हिर्काउँदा छोरीको मृत्यु, आमा पक्राउ

२०८१ भदौ २४ गते २०:१२

काठमाण्डु, २४ भदौ– ललितपुरमा २३ महिनाकी छोरीको हत्या आरोपमा आमा पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काभ्रेको पनौती घर भई कोन्ज्योसोम गाउँपालिका–३ दलचोकीकी २१ वर्षीया प्रमिला भण्डारी रहेको प्रहरीले जनाएको छ । ललितपुर प्रहरी परिसरका एसपी नरेशराज सुवेदीका अनुसार प्रमिलाले २७ साउनमा छोरी पृन्सिका...

खत्री पौवामा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

२०८१ भदौ २४ गते १९:५८

काठमाण्डु, २४ भदौ– पृथ्वी राजमार्गअन्तर्गत धादिङ धुनिबेसी नगरपालिका–९ स्थित खत्रीपौवामा पहिरो जाँदा त्रिभुवन राजमार्ग अवरुद्ध भएको छ । नागढुंगा सुरूङमार्ग नजिकै सोमबार साँझ ६ बजेतिर माथिबाट लेदोसहितको पहिरो खस्दा राजमार्ग अवरूद्ध भएको हो । प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक हेम थपलियाले भारी वर्षाका कारण...

कोरोना बीमासम्बन्धी रिटमा कारण देखाउ आदेश

२०८१ भदौ २४ गते १९:४८

काठमाण्डु, २४ भदौ– सर्वोच्च अदालतले कोरोना बीमाको रकम माग गर्दै बीमा कम्पनीले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सोमबार रिटमा परमादेश जारी गरेको हो । बीमा कम्पनीका तर्फबाट निर्जीवन बिमा कम्पनीको छता संस्था नेपाल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us