रोल्पाको थवाङमा बन्दुकको कुन्दाले हिर्काएर वृद्धको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ २५ गते ७:३९ मा प्रकाशित

रोल्पा, २५ भदौ– रोल्पाको थवाङ गाउँपालिका–२ जाजरकोट टोलमा वृद्धको हत्या भएको छ ।

स्थानीय ७१ वर्षीया सारू रोकाको सोमबार राति हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीले हत्या आरोपमा ३५ वर्षीय रामकुमार रोकालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मदिरा सेवन गरेका रोकाले बन्दुकको कुन्दाले वृद्धको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us