काठमाण्डु, २६ भदौ- काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाण्डू उपत्यकाका मुख्य नदी किनारामा थप २० मिटर क्षेत्रमा संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलामा एमालेले अवसरवादी चरित्र देखाएको आरोप लगाएका छन् । ०७६ सालमा हालका प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री रहेका बेला अदालतले नयाँ...
महोत्तरी, २६ भदौ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति देशैभरि आकर्षण बढ्न थालेको बताएका छन् । महोत्तरी रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई स्वागत गर्दै उनले पार्टीले लिएको एजेण्डा र त्यसकै आधारमा पार्टी नेतृत्वको सरकारले गरेका कामका...
विराटनगर, २६ भदौ– कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन बसेका छन् । मंगलबार राति निषेधित क्षेत्रमा अनसन बसेको भन्दै प्रहरीेले हस्तक्षेप गर्दै उनलाई बुढीगंगा गाउँपालिका–२ स्थित घर लगेर छाडिदिएको थियो । कार्की राति नै घरबाट निस्किएर समर्थकसहित अनसनमा बसेका हुन् । कार्कीलाई अनसन...
काठमाण्डु, २६ भदौ– उपसामुख इन्दिरा राना मगरले राजीनामा नदिने भएकी छन् । सत्तापक्षले संख्याको बलमा हटाए सामना गर्ने उनको पूर्वदल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनाएको छ । रास्वपा प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानाले राजीनामा नदिने स्पष्ट गरे । सत्तारुढ एमाले सांसदले मंगलबारको...
काठमाण्डु, २६ भदौ– सत्तारुढ काँग्रेस–एमालेसहित सत्तापक्षका सांसदले सभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन हस्तक्षर गरेका छन् । आचरणविपरीत कार्य गरेको आरोपमा सत्तापक्षका सांसदले रानालाई हटाउने तयारी गरेका छन् । सोमबार बसेको सत्तारूढ दलको बैठकमा प्रधानमन्त्री केपी ओलीले उपसभामुख राना मगरको आचरण पदीय मर्यादाअनुसार नदेखिएकाले...
काठमाण्डु, २६ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी ओलीलाई भेटेका छन् । मंगलबार राति लामिछाने ओलीलाई भेटेन प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । पार्टीको गण्डकी प्रदेशको विस्तारित बैठकमा सहभागी भएर लामिछाने पोखराबाट सिधै ओली भेट्न बालुवाटार गएका थिए । श्रोतका...
बागलुङ, २६ भदौ– बालगुङमा मसानघाट अतिक्रमण हुन थालेपछि दाहसंस्कारमा समस्या हुन थालेको छ । ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको हो । कालीगण्डकी नदीसहित बागलुङमा काठेखोला, निसीखोला, तमानखोला, बडिगाड, भूजीखोला, दरमखोलासहित दर्जनमा अतिक्रमण भएको हो । खोला किनार साँघुरो...
काठमाण्डु, २६ भदौ– गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवा गरेको छ । काठमाण्डुको प्रमुख जिल्ला अधिकारीमा कारागार व्यवस्थापन विभागका महानिर्देशक जयनारायण आचार्य आएका छन् । यसअघि त्यहाँ रहेका जितेन्द्र बस्नेतलाई गृह मन्त्रालय तानिएको छ । सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा लिलाप्रसाद शर्मा...
काठमाण्डु, २५ भदौ– काठमाण्डुको एक गेष्ट हाउसमा एक जनाको शव फेला परेको छ । काठमाण्डु महानगरपालिका–११ भोटेबहालस्थित गेष्ट हाउसको कोठा नम्बर–८ मा पुरुष मृत फेला परेका हुन् । मृतक सर्लाहीको हरिपुर नगरपालिका–८ घरका ६५ वर्षीय शशीकुमारलाल कर्ण रहेको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एसपी...
दाङ, २५ भदौ– लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिएका छन् । हत्या आरोपी कुर्मीलाई काँग्रेसले मन्त्री बनाएको भन्दै चौतर्फी विरोध भएको थियो । कुर्मीमाथि बाँकेकी निर्मला कुर्मीको हत्या र उनको सम्पत्ति हिनामिना गरेको आरोप लागेको छ । कुर्मीलाई मन्त्री बनाएकामा...
विराटनगर, २५ भदौ– कांग्रेस नेता एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की पक्राउ परेका छन् । प्रहरीले कार्कीलाई मंगलबार राति विराटनगरस्थित अनसन स्थलबाट पक्राउ गरेको हो । स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको स्थानमा कार्की मंगलबार अपराह्नदेखि समर्थकसहित आमरण अनसन बसेका थिए । कार्की १०...
विराटनगर, २५ भदौ– कांग्रेस नेता एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको अनसन स्थलमा झडप भएको छ । कार्की १० वर्षमुनिका बालबालिकाको स्वास्थ्य निःशुल्क हुनुपर्ने माग राखेर मंगलबारदेखि विराटनगरस्थित कोसी प्रदेशसभा नजिकै समर्थकसहित आमरण अनसन बसेका थिए । निषेधित क्षेत्रमा अनसन बसेको भन्दै स्थानीय प्रशासनले...