काठमाण्डुका सिडिओ गृह मन्त्रालय तानिए

काठमाण्डु टुडे २०८१ भदौ २६ गते ७:४४ मा प्रकाशित

काठमाण्डु, २६ भदौ– गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवा गरेको छ ।

काठमाण्डुको प्रमुख जिल्ला अधिकारीमा कारागार व्यवस्थापन विभागका महानिर्देशक जयनारायण आचार्य आएका छन् । यसअघि त्यहाँ रहेका जितेन्द्र बस्नेतलाई गृह मन्त्रालय तानिएको छ ।

सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा लिलाप्रसाद शर्मा र प्यूठानमा रमा आचार्य सुवेदी प्रमुख जिल्ला अधिकारी तोकिएका छन् । थापा अध्यागमन कार्यालय भैरहवा तथा शर्मा र आचार्य गृह मन्त्रालयमा थिए ।

प्यूठानका प्रजिअ नारायणप्रसाद अर्यालको गृह मन्त्रालयमा सरुवा भएको छ । यस्तै बाबुलाल अर्याललाई इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।

अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यालाई इलाका प्रशासन कार्यालय चन्द्रौटाको प्रमुखको जिम्मेवारी दिइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us