काठमाण्डु, २५ भदौ– काठमाण्डुको एक गेष्ट हाउसमा एक जनाको शव फेला परेको छ ।
काठमाण्डु महानगरपालिका–११ भोटेबहालस्थित गेष्ट हाउसको कोठा नम्बर–८ मा पुरुष मृत फेला परेका हुन् ।
मृतक सर्लाहीको हरिपुर नगरपालिका–८ घरका ६५ वर्षीय शशीकुमारलाल कर्ण रहेको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
कर्ण गत २२ भदौदेखि उक्त गेष्ट हाउसमा बस्दै आएका थिए ।
शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको र घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।