समाचार

भोलि रातिदेखि २९ गतेसम्म भारी वर्षाको सम्भावना

२०८१ भदौ २६ गते १६:५४

काठमाण्डु, २६ भदौ– भोलि बिहिबार साँझदेखि र २९ गते बिहानसम्म देशका पश्चिमी भागमा भारी वर्षा हुने सम्भावना भएकाले उच्च सतर्क रहन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गरेको छ । लुम्बिनीदेखि सुदूरपश्चिमका भूभागमा भारीदेखि र धेरै भारी वर्षाको समेत...

खाली वन क्षेत्रमा खेती गर्न दिने व्यवस्था गर्दैछौं: प्रधानमन्त्री ओली

२०८१ भदौ २६ गते १५:५८

काठमाण्डु, २६ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले खाली रहेका वन क्षेत्रमा कृषिबाली र फलफूल खेती गर्न मिल्ने निर्णय गर्ने बताएका छन । आज बुधबार प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३औँ साधारणसभा बैठकलाई सम्बोधन गर्दै कुलपतिसमेत...

काँग्रेस–एमालेले पहिल्यै जनयुद्ध स्वीकार गरिसकेका हुन्ः पौडेल

२०८१ भदौ २६ गते १५:३५

काठमाण्डु, २६ भदौ– नेकपा माओवादी केन्द्रले आफ्नो नेतृत्वमा भएको १० वर्षे सशस्त्र जनयुद्ध काँग्रेस र एमालेले पहिल्यै स्वीकार गरिसकेको भन्दै हिंसा शब्द प्रयोग गर्नु असंवैधानिक भएको बताएको छ । प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले बुधबार १२ भदौको बैठकमा एमाले सांसद योगेश भट्टराईले प्रयोग गरेको...

च्यासलमा सुवास नेम्वाङको सम्झना

२०८१ भदौ २६ गते १५:२८

काठमाण्डु, २६ भदौ– एमालेले पूर्वसभामुख एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको पहिलो स्मृति सभा गरेको छ । एमालेले नेम्वाङलाई पहिलो स्मृति सभा एमाले मुख्यालय च्यासलमा गरिएको थियो । उक्त स्मृति सभामा नेम्वाङका परिवार एवं पार्टीका नेता–कार्यकर्ता उपस्थित रहेका थिए । नेम्वाङ २०४८ र २०५१...

केदार कार्कीको अनसनलाई एमाले सांसदले भने नौटंकी

२०८१ भदौ २६ गते १५:२०

काठमाण्डु, २६ भदौ– एमालेका कोशी प्रदेस सांसद तिलचन पाठकले पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन बसेर भ्रम फिजाउन खोजेको दाबी गरेका छन । आज बुधबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन । उनले संसदीय मूल्य मान्यता विपरीत कार्की अनशनमा बसेको भन्दै नौटंकी...

श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

२०८१ भदौ २६ गते १५:१२

काठमाण्डु, २६ भदौ– प्रहरीले कास्कीमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीकै अन्नपूर्ण गाउँपालिका घर भई हाल पोखरा महानगरपालिका बस्दै आएका ४२ वर्षीय जहरसिंह कुँवर रहेको प्रहरीले जानकारी दिएको छ । कुँवरले गएराति ४० वर्षीय श्रीमती राधिका कुँवरमाथि खुकुरी...

हाम्रो पार्टीले झापामा व्यक्ति हत्या गरेको थियो, काँग्रेसले पनि हतियार उठाएको थियोः एमाले सांसद पन्त

२०८१ भदौ २६ गते १५:०९

काठमाण्डु, २६ भदौ– एमाले सांसद् रघुजी पन्तले आफ्नो दलले झापामा व्यक्ति हत्या गरेको स्वीकार गरेका छन् । प्रतिनिधिसभा बैठकमा बुधबार बोल्दै उनले त्यसलाई आफूहरुले उग्रबामपन्थीको संज्ञा दिएर माफी मागिसकेको उनले बताए । ‘हामीले के स्वीकारेका छौं भने झापामा व्यक्ति हत्या भएको थियो’, पन्तले भने,...

युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा ‘इकु’ पक्राउ

२०८१ भदौ २६ गते १५:०७

काठमाण्डु, २६ भदौ– कलाकार भिसाामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा एक कलाकार पक्राउ गरीएको छ । पक्राउ पर्नेमा सुलेमान शंकर (इकु) भनिने सूर्यमान शंकर रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो । ललितपुरको...

गठ्ठाघर दुर्घटना: ट्रक चालक कारागार चलान

२०८१ भदौ २६ गते १५:०१

काठमाण्डु, २६ भदौ– भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरमा स्कुटर चालकको ज्यान गएको दुर्घटनामा पक्राउ परेका ट्रक चालक कारागार चलान भएका छन । ना–६ख २१७३ नम्बरको ट्रकका चालक सर्लाहीको मलंगवा नगरपालिका–२ घर भएका मलङ सतेन्द्र श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका हुन । अदालतको आदेशपछि...

जनयुद्धलाई होच्याउने क्रम जारी रहे नराम्रो परिस्थिति आउन सक्छः माओवादी

२०८१ भदौ २६ गते १४:५४

काठमाण्डु, २६ भदौ– प्रमुख प्रतिपाक्षी दल माओवादी केन्द्रले जनयुद्धलाई होच्याउने काम भएको भन्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । गत १२ भदौको बैठकमा एमाले सांसद योगेश भट्टराईले हिंसा शब्द प्रयोग गरेकामा माओवादी सांसदले असंसदीय शब्द प्रयोग गरेको भन्दै रेकर्डबाट माग गर्दै आएका थिए ।...

करेन्ट लागेर दम्पतीको मृत्यु

२०८१ भदौ २६ गते १४:५२

काठमाण्डु, २६ भदौ– मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय कैलाश मण्डल र ७२ वर्षीय कुमादेवी मण्डल रहेको जिल्ला प्रहरी कार्यलय मोरङले जानकारी दिएको छ । बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा करेन्ट लागेर बुधबार भारत भागलपुरका उनीहरुको मृत्यु भएको...

माओवादी अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

२०८१ भदौ २६ गते १४:३९

काठमाण्डु, २६ भदौ– प्रमुख प्रतिपाक्षी दल माओवादी केन्द्रको अवरोधका कारण प्रतिनिधि सभाको बुधबारको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले आगामी ३० भदौसम्मका लागि बैठक स्थगनको घोषणा गरेका छन् । बैठकमा सभामुख घिमिरेले एमाले सांसद योगेश भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय नरहेको जानकारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us