केदार कार्कीको अनसनलाई एमाले सांसदले भने नौटंकी

काठमाण्डु टुडे २०८१ भदौ २६ गते १५:२० मा प्रकाशित

काठमाण्डु, २६ भदौ– एमालेका कोशी प्रदेस सांसद तिलचन पाठकले पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन बसेर भ्रम फिजाउन खोजेको दाबी गरेका छन । आज बुधबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन ।

उनले संसदीय मूल्य मान्यता विपरीत कार्की अनशनमा बसेको भन्दै नौटंकी नगर्न आग्रह समेत गरेका छन । उनले भने, ‘हामीले राखेका (बजेटमा) विषयमा अझ खुला ढंगबाट प्रष्ट पार्न सरकार तयार छ, नेकपा एमाले तयार छ, वार्ता कार्यदल, के गर्नुपर्छ गर्न तयार छ र मुख्यमन्त्री कार्यालयमा आएर समाधान खोज्नसमेत म अनुरोध गर्न चाहन्छु, अनशनको नौटंकीले प्रदेश समृद्ध हुँदैन, जनता सुखी हुँदैनन् ।’

१० वर्ष मुनिका बालबालिकाको निशुल्क उपचारलगायत मागसहित कांग्रेस सांसद तथा पूर्वमुख्यमन्त्री केदार कार्की मंगलरबारदेखि आमरण अनशनमा रहेका छन । केदार कार्कीले उठाएका सबै माग बजेटमा समवेश भएको बताउँदै एमाले सांसद पाठकले भने, ‘तर यतिबेला बजेटका नामबाट जनतालाई अन्योल गर्ने र प्रदेशलाई अन्योलको भूमरीभित्र राख्ने काम केदार कार्कीले गरिरहनु भएको छ ।’ कार्कीले संसदको अपमान गरेको बताउँदै उनले कार्कीको गतिविधिको छानबिन गर्नुपर्ने बताएका छन ।

केदार कार्कीले उठाएका सबै माग रातो किताबमा रहेको बताउँदै उनले हेर्न आग्रह गरे । सांसद पाठकले प्रदेश मातहतका सबै अस्पताल र दमक बाल अस्पतालमा बालबालिकाको निशल्क उपचार हुने बताएका छन । तर प्रदेश मतहतका अस्पतालमा विशिष्टीकृत सेवा छैन । केदार कार्कीले भने बालबालिकाका लागि विशिष्टीकृत सेवा निशुल्क गर्नुपर्ने माग रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us