श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

काठमाण्डु टुडे २०८१ भदौ २६ गते १५:१२ मा प्रकाशित

काठमाण्डु, २६ भदौ– प्रहरीले कास्कीमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीकै अन्नपूर्ण गाउँपालिका घर भई हाल पोखरा महानगरपालिका बस्दै आएका ४२ वर्षीय जहरसिंह कुँवर रहेको प्रहरीले जानकारी दिएको छ ।

कुँवरले गएराति ४० वर्षीय श्रीमती राधिका कुँवरमाथि खुकुरी प्रहार गरी हत्या गरेको आरोप प्रहरीले लगाएको छ । प्रहरीका अनुसार कुँवरले सामान्य विवादमा श्रीमतीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।

घाइते राधिकालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् । घटनामा प्रयोग भएको खुकरीसहित कुँवरलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us