माओवादी अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाण्डु टुडे २०८१ भदौ २६ गते १४:३९ मा प्रकाशित

Screenshot

काठमाण्डु, २६ भदौ– प्रमुख प्रतिपाक्षी दल माओवादी केन्द्रको अवरोधका कारण प्रतिनिधि सभाको बुधबारको बैठक स्थगित भएको छ।
सभामुख देवराज घिमिरेले आगामी ३० भदौसम्मका लागि बैठक स्थगनको घोषणा गरेका छन् । बैठकमा सभामुख घिमिरेले एमाले सांसद योगेश भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय नरहेको जानकारी गराएपछि माओवादी सांसदहरूले विरोध जनाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us