समाचार

शिवलाई असंगठित विश्वविद्यालयका रुपमा मानिन्छ: प्रधानमन्त्री ओली

२०८१ भदौ २७ गते १६:०४

काठमाण्डु, २७ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शिवलाई असङ्गठित विश्वविद्यालयका रुपमा मान्ने गरिएको बताएका छन । आज बिहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको विश्वविद्यालयको आठौं साधारणसभा बैठकमा प्रधानमन्त्री एवम् कुलपति ओलीले यस्तो बताएका हुन । उनले नेपालको आफ्नै पौराणिकता र...

प्रधानमन्त्रीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्ने

२०८१ भदौ २७ गते १५:५३

काठमाण्डु, २७ भदौ– मन्त्रीमण्डललाई पूर्णता दिएसँगै मन्त्रीहरूले एक वर्षसम्म गर्ने कामको कार्ययोजना मागेका एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले झन्डै दुई महिनापछि कार्यसम्पादन सम्झौता गर्ने तयारी गरेका छन । त्यसका लागि आज बिहीबार प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूलाई सिंहदरबार बोलाएका छन् । कार्यसम्पादन सम्झौता गर्न...

देउवालाई जन्मदिनको अवसरमा दोसल्ला ओढाएर प्रधानमन्त्री ओलीले दिए शुभकामना

२०८१ भदौ २७ गते १५:४९

काठमाण्डु, २७ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जन्मदिनको अवसरमा दोसल्ला ओढाएर शुभकामना दिएका छन् । आज बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले देउवालाई जन्मदिनको शुभकामना दिँदै दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।...

लिखत सम्बन्धी कसुरमा वडा अध्यक्ष पक्राउ

२०८१ भदौ २७ गते १५:४२

काठमाण्डु, २७ भदौ– प्रहरीले सरकारी कागजात किर्ते गरेको अभियोगमा सुनसरी देवानगञ्ज गाउँपालिका ७ का वडा अध्यक्ष सूर्यनारायण यादवलाई नियन्त्रणमा लिएको छ । उनले किर्ते गरेको कसुरमा सुनसरी जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेसँगै यादवलाई बुधबार सुनसरी पहरीले पक्राउ गरेको हो । सोही ठाउँका सिताराम...

श्रीमतीसँग सम्बन्धविच्छेद माग गर्दै अदालत पुगे सीके राउत

२०८१ भदौ २७ गते १५:३७

काठमाण्डु, २७ भदौ– जनमत पार्टीका अध्यक्ष डा. सीके राउत सम्बन्धबिच्छेदको मुद्दा बोकेर जिल्ला अदालत पुगेका छन् । राउतले ललितपुर जिल्ला अदालतमा सम्बन्धबिच्छेदको मुद्दा (फिरादपत्र) दर्ता गराएका हुन । गत भदौ १२ गते नै राउतले मुद्दा दर्ता गराएको अदालतका प्रवक्ता रामसजिवन महतोले जानकारी दिएका छन...

बालुवाटारमा ओली, देउवा र प्रचण्डबीच भेटवार्ता

२०८१ भदौ २७ गते १४:३४

काठमाण्डु, २७ भदौ– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता र छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको...

पाँच महिनादेखि चिकित्सक बेपत्ता

२०८१ भदौ २७ गते १०:४२

महोत्तरी, २७ भदौ- महोत्तरीको भंगाहा  नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता भएका छन् । काठमाडौँमा बस्दै आएका उनी कामको सिलसिलामा जनकपुर पुगेपछि परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि स्थानीय प्रशासनसमक्ष हारगुहार गरिएको छ । जिल्ला प्रहरी...

झापामा पूजाको प्रसाद खाएका एकै गाउंका ५० बढी बिरामी

२०८१ भदौ २७ गते ९:३७

झापा, २७ भदौ- झापामा पूजाको प्रसाद खाँदा एउटै गाउँका ५० भन्दा बढी बिरामी परेका छन् । अर्जुनधारा नगरपालिका-९ को खरबन्दीकी रीता निरौलाको घरमा बुधबार लगाइएको पूजाको प्रसाद खाएका सबै बिरामी परेका प्रहरीले जनाएको छ । पूजामा ६० जनाभन्दा धेरैले रोटी, अचार र तरकारी खाएका...

पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध

२०८१ भदौ २७ गते ९:२७

जुम्ला, २७ भदौ- पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । बुधबार रातिको अविरल वर्षाले कालीकोट क्षेत्रमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो । कालीकोटको शुभकालिका गाउँपालिका-१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएकोले सडक पूर्ण रुपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर...

आजदेखि तीन दिनसम्म अति भारी वर्षा, ६ जिल्लामा रेड अलर्ट

२०८१ भदौ २७ गते ७:२९

काठमाण्डु, २७ भदौ– आजदेखि तीन दिनसम्म अति भारी वर्षा हुने भएको छ । मनसुन सकिनै लाग्दा अति भारी वर्षा हुन लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम नेपालमा अति भारी वर्षा र बाँकी भेगमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाकी मौसमविद शान्ति कँडेलले जानकारी...

राप्रपा अध्यक्ष लिङ्देनले र पूर्वराजा ज्ञानेन्द्र शाहबीच भेटवार्ता

२०८१ भदौ २६ गते १८:३१

काठमाण्डु, २६ भदौ– पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन । झापाको दमकस्थित चिया बगानमा पूर्वराजा शाह र अध्यक्ष लिङ्देनबीच भेटवार्ता भएको हो । पार्टी कार्यक्रमका सिलसिलामा अध्यक्ष लिङ्देन गृह जिल्ला झापा पुगेका बेला...

स्विमिङ पुलमा डुबेर एक भारतीय नागरिकको मृत्यु

२०८१ भदौ २६ गते १७:५९

काठमाण्डु, २६ भदौ– पोखरामा स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर मंगलबार एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको उत्तर प्रदेश लखनउ घर भएका देवान सिंह रहेका छन । पोखरा महानगरपालिका–१७, पावरहाउस रिसोर्टमा रहेको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us