स्विमिङ पुलमा डुबेर एक भारतीय नागरिकको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ २६ गते १७:५९ मा प्रकाशित

काठमाण्डु, २६ भदौ– पोखरामा स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर मंगलबार एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको उत्तर प्रदेश लखनउ घर भएका देवान सिंह रहेका छन ।

पोखरा महानगरपालिका–१७, पावरहाउस रिसोर्टमा रहेको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

उनी मंगलबारमात्रै भारतबाट पोखरा आएका आएको जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी दिएको छ । स्विमिङ पुलबाट उद्धार गरेर उपचारका लागि तत्काल गण्डकी मेडिकल कलेज लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको पनि पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us