शिवलाई असंगठित विश्वविद्यालयका रुपमा मानिन्छ: प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ भदौ २७ गते १६:०४ मा प्रकाशित

काठमाण्डु, २७ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शिवलाई असङ्गठित विश्वविद्यालयका रुपमा मान्ने गरिएको बताएका छन ।

आज बिहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको विश्वविद्यालयको आठौं साधारणसभा बैठकमा प्रधानमन्त्री एवम् कुलपति ओलीले यस्तो बताएका हुन । उनले नेपालको आफ्नै पौराणिकता र गौरव रहेको बताए । प्रधानमन्त्री ओलीले भने ‘यस भूभागले विश्वलाई प्रेरणा दिएको छ ।’

उनले विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न राजर्षिजनक विश्वविद्यालयलाई आग्रह समत गरेका छन । समस्याको समाधानका लागि संयुक्तरुपमा प्रयास केन्द्रित गर्नुपर्नेमा जोड दिंदै प्रधानमन्त्रीले पाठ्यक्रम तयार गर्दा पूर्वीय दर्शनका साथै नेपाली दर्शन र यहाँका वैभवका विषयमा ध्यान दिनुपर्ने बताएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, सहकुलपति एवं मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौडेल अधिकारीलगायत सहभागी रहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us