झापामा पूजाको प्रसाद खाएका एकै गाउंका ५० बढी बिरामी

काठमाण्डु टुडे २०८१ भदौ २७ गते ९:३७ मा प्रकाशित

झापा, २७ भदौ- झापामा पूजाको प्रसाद खाँदा एउटै गाउँका ५० भन्दा बढी बिरामी परेका छन् ।

अर्जुनधारा नगरपालिका-९ को खरबन्दीकी रीता निरौलाको घरमा बुधबार लगाइएको पूजाको प्रसाद खाएका सबै बिरामी परेका प्रहरीले जनाएको छ । पूजामा ६० जनाभन्दा धेरैले रोटी, अचार र तरकारी खाएका थिए ।

बिरामीहरुमा ज्वरो आउने, झाडा पखाला र वाकवाकी लाग्नेजस्ता स्वास्थ्य समस्या देखिएको छ । उनीहरु सबैको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us